काठमाण्डौ - काठमाण्डौका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाण्डौको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।
बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, काठमाण्डाैकै जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ ।
आज देशका पहाडी केही ठाउँ तथा बाँकी थोरै ठाउँमा ...