आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा अपराधको तथ्यांक बढेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा कूल ६ हजार ८९३ अपराधका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७/७८ मा ४.४७ प्रतिशतले वृद्धि भई ७ हजार २०१ अपराधका मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा ९३ हत्या, २ खुन डाँका, ३१० ज्यान मार्ने उद्योग, ९ गर्भपतन, ४६७ भवितव्य ज्यानको मुद्दा दर्ता भएका थिए ।
२ नम्बर प्रदेशमा सोही वर्षमा १२८ ज्यान सम्बन्धी, ९० फुटकर ज्यान सम्बन्धी, ९५९ आत्महत्या, १ हजार ५४३ संगठित तथा आर्थिक अपराधको मुद्दा दर्ता भएका थिए । १ हजार ८३२ सा...