स्थानीय निर्वाचन (२०७९) मा नेपाली काँग्रेसले नेकपा एमालेभन्दा करिब डेढ लाख बढी मत पाएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेस लोकप्रिय मतमा पहिलो भएको तथ्यांक सुनाएको हो । काँग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको आयोगले जनाएको छ । यस्तै एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । आयोगका अनुसार काँग्रेसले ३४.२८ र एमालेले ३३.०३ प्रतिशत मत पाएका छन् ।एमालेभन्दा काँग्रेसले एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगको विव