काठमार्डौ। कोभिड-१९ को दोश्रो लहर पहिलेको तुलनामा बढी जोखिम भएकाले आगामी ३ साता स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न डा. रविन्द्र पाण्डेले आग्रह गरेका छन्। कोभिड-१९ संक्रमणले निमोनिया र अधिकांशलाई अक्सिजनको कमी हुने लक्षण देखिएको छ। परीक्षणमा ३५ प्रतिशतमा पोजेटिभ देखिएको छ। महामारी समुन्द्रको छाल जस्तो उच्चविन्दुमा पुगेपछि क्रमैसँग तल झर्दै जाने भएकाले धेरै आत्तिनु नपर्ने उनको भनाइ छ।