प्रदेश २ का नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं।प्रदेश–२ मा कांग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रामसरोज यादव, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र उर्जा तथा खानेपानी मन्त्रीमा ओमप्रकाश शर्मालाई नियुक्त गरेका थिए।तीनैजना कांग्रेसबाट मन्त्री बनेका हुन्। बुधबार राति १० बजे प्रदेश प्रमुख राजेश झा(अहिराज)ले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका थिए। मन्त्रालयबारे टुंगो लाग्न नसक्दा माओवादी भने सरकारमा सहभागी भएन।

सम्बन्धित सामग्री

प्रदेश २ का नवनियुक्त दुई मन्त्रीद्वारा सपथ ग्रहण

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा...

प्रदेश २ मा दुई मन्त्रीले लिए शपथ

धनुषा : प्रदेश २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री सहभागी भएका छन्।नवनियुक्त दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्राले नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा लम्बिएको थियो। एकीकृत

प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

महाेत्तरी - प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका शत्रुधन महतो र प्रमोद यादवले बिहान शपथ ग्रहण गर्नुभएको हो । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरुलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण

प्रदेश २ का  प्रदेश प्रमुखमा नियुक्त भएका हरिशंकर मिश्र बुधवार पदभार ग्रहण गरेका छन् ।  बुधवार दिउँसो ४ बजे प्रदेश प्रमुखका सचिवसहित कर्मचारीहरुले प्रदेश प्रमुखलाई पदभार ग्रहण गराएका हुन् ।...

प्रदेश २ मा नवनियुक्त माओवादी दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले शपथ लिएका छन्। शनिवार प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गरेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहलाई प्रदेश प्रमुख झाले र राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले शपथ ग्रहण गराएका हुन्।

प्रदेश २ मन्त्रीमण्डल विस्तार : कांग्रेसबाट नवनियुक्त मन्त्रीहरुले लिए सपथ

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन्। नीति तथा कार्यक्रम आउने पूर्व सन्ध्यामा मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गरेका हुन्। नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहणसँगै प्रदेश २ मा मन्त्रीमण्डल विस्तार भएको हो। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ…

नवनियुक्त प्रदेश प्रमुखलाई १०१ किलोको माला

प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई युवाले विमानस्थलमा स्वागत गरेका छन् । कार्यभार सम्हाल्न आइतबार जनकपुरधाम आएका प्रमुख झालाई स्थानीय युवाले १०१ किलोको माला लगाइदिएका थिए ।  तस्बीरः  रासस

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।…