प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

महाेत्तरी - प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका शत्रुधन महतो र प्रमोद यादवले बिहान शपथ ग्रहण गर्नुभएको हो । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरुलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शपथ ग्रहण गराउनुभएको हो ।