धनुषा : प्रदेश २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री सहभागी भएका छन्।नवनियुक्त दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्राले नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा लम्बिएको थियो। एकीकृत