बैतडी : जिल्ला अस्पताल बैतडीमा पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका १० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो।अस्पतालले पहिलोपटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमर्जेन्सी अपरेसन गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए।डा. धीरज जयसवाल, डा. दिपेश श्रेष्ठ, डा. रोशन चौधरी, डा. हिरा जोशी, डा. चैतन्य जोशी, डा. थानेश्वर न्यौपानेलगायतको टोलीले सफल शल्यक्रिया