काठमाडौं । उद्योगी तथा साहित्यकार बसन्त कुमार चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया भएको छ । दुबई भ्रमणमा रहेको वेला स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित नर्भिक हस्पिटलका संस्थापक समेत रहेका चौधरीको मुटुको सफल शल्यक्रिया भएको हो । गत मंगलबार दुबई स्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । सर्जरीपछि हाल उनी पोस्ट अप