काठमाडाैं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल ईजलासले नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै दायर भएका ५ वटा रिट निवेदनमाथि एकैसाथ सुनुवाई गर्दै अग्राधिकार प्रदान गर्न आदेश गरेको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान […]