मंसिर २१, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १७ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस शुक्लगण्डकी नगरपालिका ४ दलेगौंडा तनहुँमा गर्न लागेको जानकारी दिएको छ ।सभाले १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले सर्वसाधारण शेयरधनीकोतर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त कम्पनीहरुसँग गाभ्ने गाभिने वा प्राप्ति गर्न उपयुक्त लघुवित्तहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्नेलगायतका सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ७ गतेदेखि १६ गतेसम्म बन्द रहनेछ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।