यसकारण घट्यो गणपति लघुवित्तको नाफा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ६८ लाख ९२ हजार नाफा कमाएकोमा चालू आवमा नाफा रू. २८ लाख ८१ हजारमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २० प्रतिशत र सञ्चालन नाफा ५८ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको निष्क्रिय कर्जा चालू आवमा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव १९ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव ९३ प्रतिशत पुगेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १९ पैसा रहेकोमा चालू आवमा घटेर ७ रुपैयाँ ६० पैसामा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३ करोड १९ लाख र रिटेन्ड अर्निङमा रू. ८० लाख ३१ हजार सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात १० दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव १५ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

गणपति लघुवित्तको नाफा ६७.८४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६७ दशमलव ८४ प्रतिशत घटेको छ ।  आव २०७८/७९ मा कम्पनीले रू. २ करोड १८ लाख नाफा कमाएकोमा गत आव ०७९/८० मा रू. ७० लाख २८ हजारमा झरेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५६ दशमलव ८३ प्रतिशत र खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा प्रभावित भएको देखिन्छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ५२ प्रतिशत रहेको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेकोमा गत आवमा ६ रुपैयाँ १८ पैसामा झरेको छ ।  त्यस्तै कम्पनीको तरलता अनुपात ६ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव २४ छ । कम्पनीको वितरणयोग्य नाफा रू. ८३ लाख ७९ हजार छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ५ दशलमव ५२ प्रतिशत छ ।  कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । त्यस्तै कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ५९ लाख र रिटेन्ड अर्निङमा रू. ८३ लाख ७९ हजार सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

यसकारण घट्यो गणपति लघुवित्तको नाफा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (Ganapati Laghubitta Bittiya Sanstha Ltd.) ले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण (Financial Statement) अनुसार कम्पनीको खुद नाफा (Net Profit) गत आवको तेस्रो त्रैमासको तुलनामा २८ दशमलव १५ प्रतिशत घटेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. २ करोड ७ लाख नाफा (Profit) कमाएकोमा चालू आवको सोही अवधिसम्ममा यो रकम रू. १ करोड ४९ लाखमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १६ दशमलव ९१ प्रतिशत र सञ्चालन नाफा २९ दशमलव २५ प्रतिशत घटेको छ । कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ०३ प्रतिशत रहेकोमा चालू आवमा बढेर ३ दशमलव ५५ प्रतिशत पुगेको छ ।  कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७० पैसा रहेकोमा चालू आवमा घटेर ८ रुपैयाँ ८५ पैसामा झरेको हो । कम्पनीको मूल्य आम्दानी अनुपात ५६ दशमलव ८९ गुणा, तरलता अनुपात १ दशमलव ५१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ४० छ ।  चुक्ता पूँजी (Paid up Capital) रू. १५ करोड १५ लाख रहेकोमा कम्पनीले जगेडामा रू. ४ करोड ३२ लाख र रिटेन्ड अर्निङमा रू. ८८ लाख ३७ हजार सञ्चिति गरेको छ । कम्पनीले रू. १ अर्ब ७० करोड सापटी लिएर, रू. ५४ करोड ४६ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ४२ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याउँदा ६७.४० % घट्यो गणपति लघुवित्तको नाफा

माघ १२, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ९६ लाख ३७ हजार खुद नाफा गरेको छ ।  बुधवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ६७ दशमलव ४० प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २ करोड ९५ लाखभन्दा बढी थियो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा ८९ प्रतिशत कम भएकाले खुद नाफामा कमि आएको हो । गत वर्ष रू. २ करोड ४८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २६ लाख ७७ हजार मात्र यो नाफा गरेको हो ।  सम्भावित जोखिम शिर्षकमा यस वर्ष रू. ३ करोड १३ लाखभन्दा बढी रकम छुट्याएकाले सञ्चालन नाफामा कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले यो शिर्षकमा रू. १ करोड ४१ लाखभन्दा बढी रकम छुट्याएको थियो । कम्पनीको खुद नाफामा खराब कर्जा संकलनमा कमि आउनाले पनि असर परेको देखिन्छ । गत वर्ष यस अवधिमा रू. २ करोड १८ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. १ करोड २४ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १२ करोड ७३ लाखभन्दा बढी छ । गत वर्षभन्दा यस वर्ष ४३ प्रतिशत वृद्धि भई जगेडा कोष रकम रू. ६ करोड ३१ लाखभन्दा बढी कायम भएको छ । गत वर्षभन्दा कम्पनीले ३७ दशमलव ९६ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ४५ करोड ४७ लाख कर्जा सापटी लिएको छ भने ३२ दशमलव २४ प्रतिशत बढी अर्थात् रू. ५१ करोड ९७ लाख निक्षेप संकलन गरेको छ ।  यस अवधिमा कम्पनीले गत वर्षभन्दा ३२ दशमलव ५६ प्रतिशत बढी अर्थात्  रू. २ अर्ब ४ करोड ४४ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ६६ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव ४२ प्रतिशत पुगेको छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १५ दशमलव १४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ६० रहेको छ । यो पनि हेर्नुस् : १५ % ले पूँजी बढाएको गणपति लघुवित्तको खुद नाफा करीब ७६ % बढ्यो ६ महीनामा गणपति लघुवित्त वित्तीय संस्थाको नाफा ७७ % ले वृद्धि