गणपति लघुवित्तले वितरण गर्‍यो १९% बोनस शेयर

चैत ८, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी गत पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।  कम्पनीले पुस ६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा कारोबारयोग्य बनिसकेको उक्त बोनस शेयर जम्मा गरेको जानकारी दिएको हो ।  पुस ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने बोनस शेयर समेत कर्जा प्रवाहह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नका लागि कम्पनीले भनेको छ ।  यस वर्ष कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश समेत वितरण गरेकाले बोनस शेयर कर बापतको रकम तिर्नु नपर्ने भएको हो । बैंकले रू. १२ करोड ७३ लाख ५६ हजार चुक्तापूँजीको आधारमा कुल २० प्रतिशत लाभांश यो वर्ष वितरण गरेको हो । 

सम्बन्धित सामग्री

जनउत्थान सामुदायिक लघुवित्तले वितरण गर्‍यो १५ प्रतिशत बोनस शेयर

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत २६ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि असार १७ गतेदेखि वितरण गर्न थालिएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको हो । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट रू. १४ करोड ७९ लाख ६ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

उपकार लघुवित्तले वितरण गर्‍यो यस वर्षको ६१.७५ प्रतिशत बोनस शेयर

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट वितरण गर्ने निर्णय गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । उक्त बोनस शेयर वितरणको प्रस्ताव कम्पनीले गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणमार्फत पारित गरेको थियो । कम्पनीले चुक्ता पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको आधारमा ६१ दशमलव ७५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि फागुन ४ गते एक दिन बुक क्लोज गरेकाले फागुन ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । धितोपत्र दोस्रो बजारमा कम्पनीले असार ३ गते बोनस शेयर सूचीकृत गराएको थियो । असार ४ गतेदेखि नै कारोबारयोग्य भएको उक्त बोनस शेयर हितग्राही खातामा प्राप्त गरिसकेका शेयरधनीहरूले कारोबार गर्न सक्नेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आइतवार तीन कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नयाँ सारथी लघुवित्तको १९ प्रतिशत, साना किसान विकास लघुवित्तको २६ प्रतिशत र उपकार लघुवित्तको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नयाँ सारथी लघुवित्तको ५ लाख ७६ हजार ४५० दशमलव ९९ कित्ता, साना किसान विकास लघुवित्तको ४० लाख ६७ हजार ४७५ दशमलव ६९१८ कित्ता र उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।  उपकार लघुवित्तले यस वर्ष गत वर्षको मुनाफाबाट बोनस शेयरसँगै कर प्रयोजनका लागि ३ दशमलव २५ प्रतिशत नगद लाभांशसमेत वितरण गरेको छ । उपकार लघुवित्तले गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको थियो । नयाँ सारथी लघुवित्तले भने चैत २८ गते सम्पन्न १४औं वार्षिक साधारण सभामार्फत १९ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साना किसान विकास लघुवित्तले चैत १० गते सम्पन्न २१ औं वार्षिक साधारणसभामार्फत बोनससँगै कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांशको प्रस्तावसमेत पारित गरेको थियो ।  यी तीन कम्पनीहरूले बोनस शेयर प्रयोजनका लागि नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेकाले सम्बन्धित शेयरधनीहरूले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्नुपर्ने छैन । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

इन्फिनिटी लघुवित्तले वितरण गर्‍यो २० प्रतिशत बोनस शेयर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर तिवरण गरेको छ । कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो । जेठ ८ गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको हो । यस वर्ष कम्पनीले बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पूरा गरी २०७८ साल भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । आयकर ऐन, २०६३ को दफा ५६ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेकाले सो मितिपश्चात् कायम शेयरधनीहरूले भने बोनस शेयरको कर तिर्नुपर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर कर तिर्नुपर्ने शेयरधनीहरूको बोनस शेयर कर रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने बताएको छ । कम्पनीले चुक्तापुँजी रू. ४१ करोड ४५ लाख १३ हजारको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनसपछि चुक्तापूँजी रू. ४९ करोड ७४ लाख १६ हजार कायम भएको छ ।  लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आशा लघुवित्तले वितरण गर्‍यो यस वर्षको बोनस शेयर

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको १४ दशमलव २८ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीको गत चैत ११ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो । यस वर्ष कम्पनीले साधारण सभाबाट नै बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसर्थ बोनस शेयरका लागि सम्बन्धित शेयरधनीहरूले कर तिर्नुपर्ने छैन । कम्पनीले लाभांश प्रयोजनका लागि फागुन २६ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । फागुन २५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्रै हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

महुली लघुवित्तले वितरण गर्‍यो २६% बोनस शेयर

वैशाख २६, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २६ प्रतिशत बोनस शेयर सोमवारदेखि वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात् कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो ।  साविकको नव किरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ मंसिर ८ गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो ।  उक्त मितिदेखि दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको छ । तर उक्त मिति पश्चात शेयर धारण गरेका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।  सम्बन्धित शेयरधनीहरुले बोनस शेयरको कर बापतको रकम कम्पनीको सनराइज बैंक लिमिटेड, कमलपोखरी, काठमाडौंमा रहेको एसआरसिएल महुली बोनस ट्याक्स ७७.७८ नाममा रहेको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा जम्मा गर्न बैंकले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

उन्नति सहकार्य लघुवित्तले वितरण गर्‍यो ३०% बोनस शेयर

वैशाख १२, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  कम्पनीले गत पुस २८ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वैशाख ११ गतेदेखि वितरण गर्न शुरु गरेको हो । कम्पनीले उक्त बोनस शेयर बापतको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता शेयर वैशाख ९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो ।  हितग्राही खातामा बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् । कम्पनीले रू. १७ करोड ६१ लाख ६९ हजार चुक्तापूँजीको आधारमा बोनस शेयर वितरण गरेको हो ।  यस वर्ष कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिएको छैन । २०७७ साल असार २६ गतेपश्चात शेयर खरीद गरी कायम सदस्यहरुले भने यो बोनस शेयरमा लाग्ने कर बापतको रकम भुक्तानी गर्नु पर्नेछ ।  कर बापतको रकम जम्मा भएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हक बापतको बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयरपश्चात कम्पनीमा सर्वसाधारण तर्फको शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न कम्पनीले रू. १ करोड ७८ लाख ४५ हजार ११८ दशमलव शून्य ३ बराबरको एफपीओ समेत निष्कासन गर्ने भएको छ । सो सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  बोनस र एफपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २४ करोड ६८ लाख ६५ हजार कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

वोमी लघुवित्तले यस वर्ष २० % बोनस शेयर वितरण गर्ने, करमा छूटको व्यवस्था

कात्तिक  २६, काठमाडौं । वोमी लघुुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।  कम्पनीको बिहीवार अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४१ करोड १९ लाख ४४ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।  यस वर्ष बोनस शेयरमा लाग्ने कर भने कम्पनीका शेयरधनीहरुले छूट पाउने छन् । यस कम्पनीले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया पुरा गरी आर्थिक वर्ष २०७७/ ७८ मै एकीकृत कारोबार शुरु गरेकाले आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छूट हुने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यो पनि हेर्नुस् : वोमी लघुवित्तको नाफा १९५% बढ्यो, प्रतिशेयर आम्दानी रू. ४७.७५ ३ करोडभन्दा बढी खराब कर्जा उठाएको वोमी लघुवित्तले कमायो १६ करोडभन्दा बढी नाफा

जनउत्थान सामुदायिक लघुवित्तले बोनस शेयर खातामा पठायो, नआएको भए के गर्ने ?

जनउत्थान सामुदायिक लघुवित्तले दशौ साधारणसभाबाट पारित भएको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा पठाईएको जनाएको छ । कम्पनीले वैशाख ३० गते बुटवलमा साधारणसभाले पारित गरेको  ४९.४० प्रतिशत बोनस शेयर खातामा पठाएको जनाएको हो ।कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले बैशाख २२ गतेसम्म कायम शेयरधनीलाई  कार्तिक १७ गतेदेखि बोनस पठाईएको कम्पनीले जनाएको छ ।  अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई  शेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरि सकिएको कम्पनीले जनाएको हो । साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले यस संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीहरुको खातामा जम्मा गरिने भएकोले भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । अन्य थप जानकारीका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाण्डौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।कम्पनीको साधारणसभाले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।  त्यस्तै सभाले संस्थाको अधिकृत पुँजी १५ करोड बाट बढाएर ५० करोड पुर्याउने, संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरको बनाउने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको नियामक निकायबाट निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने , मर्जर तथा प्राप्ति समबन्धि सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, विशेष प्रस्ताव पारित गरेको थियो  ।

स्वरोजगार लघुवित्तले गर्‍यो २५ % बोनस शेयर प्रस्ताव

भदौ २३, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/ ७८ को लागि २५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।  कम्पनीका बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड १२ लाख ७९ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।  यस वर्ष बोनस शेयरमा लाग्ने करमा भने कम्पनीका शेयरधनीहरुले छूट पाउने भएका छन् ।  कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७७ साल असोज २५ गतेदेखि एकीकृत कारोबार गरेकाले प्राप्ति प्रयोजनका लागि बोनस शेयरमा लाग्ने करमा छूट पाउने भएको हो ।   कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।