मञ्जुश्री फाइनान्सद्वारा ४६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । शुक्रबार बिहान बसेको फाइनान्स संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । मञ्जुश्रीले ४० प्रतिशत वोनस सेयर र ६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । फाइनान्सको उक्त प्रस्तावअनुसारको लाभांश नेपाल राष्ट्र बैंकको...

सम्बन्धित सामग्री

एनआइसी एसिया क्यापिटलको ४६ प्रतिशत लाभांश पारित

एनआइसी एसिया क्यापिटल लिमिटेडले चुक्ता पुँजीको ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

एनआईसी एशिया क्यापिटलको साधारण सभा आह्वान, ४६ % लाभांश प्रस्ताव गरिने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ९ गते बसेको क्यापिटलको सञ्चालक समिति बैठकले क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा उक्त दिन बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ४६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत सभाले पारित गर्ने कार्यक्रम तय भएको छ । क्यापिटलले यस वर्ष नगद लाभांशका लागि ९ करोड २० लाख रकम छुट्याएको छ । यसका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत सभाले पारित गर्नेछ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा, यस वर्ष छैन लाभांश

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । असार २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन भगवली बहाल नक्साल, काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै संस्थापक शेयरधनीहरूको तर्फबाट नियुक्त सञ्चालकको नियुक्ति अनुमोदन समेत गर्नेछ । कम्पनीले शेयर संरचना परिवर्तनको प्रस्तावसमेत सभाका लागि तय गरेको छ । हाल कायम संस्थापक तर्फबाट ७० प्रतिशत र सर्वसाधारण तर्फबाट ३० प्रतिशत शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ६५ प्रतिशत र सर्वसाधारणतर्फ ३५ प्रतिशत कायम गर्ने प्रस्ताव कम्पनीले गरेको हो । यसका लागि आवश्यक नियमावली संशोधन गरिने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष लगानीकर्ताको हात भने कम्पनीले खाली बनाएको छ । यसअघिका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश प्रस्ताव गरेको छैन । यसअघिको आर्थिक वर्ष ०७६/७७ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले हालसम्म वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा आर्थिक वर्ष ०७४/७५ को मुनाफाबाट भने सर्वाधिक ७० प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्ष कम्पनीले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३५ दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको हो । २०औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

मञ्जुश्री फाईनान्सको साधारण सभा सम्पन्न, ४६ % लाभांश पारित

पुस २९, काठमाडौं ।  मञ्जुश्री फाईनान्सले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  सभाले कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने / गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि गत पुस १५ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस २४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

मञ्जुश्री फाईनान्ससहित ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

पुस १३, काठमाडौं । पाँच ओटा अलग - अलग कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार पुस १४ गतेसम्म रहेको छ ।  मञ्जुश्री फाईनान्स, चिलिमे जलविद्युत् कम्पनी,समिट लघुवित्त वित्तीय संस्था,इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडकोे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको हो ।  मञ्जुश्री फाईनान्सले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।  त्यसैगरी चिलिमे जलविद्युत् कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गरेकाले बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज, काठमाडौंमा बिहान १० बजेदेखि  शुरु हुने छ । त्यसैगरी समीट लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २४ गतेसम्म बुक क्लोज गरेसँगै बुधवार पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ दशमलव २८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँवुखैरेनी ३ तनहुँमा बिहान १० बजे गर्ने जानकारी दिएको छ । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण सभा प्रयोजनको लागि पुस १५ गते  बुक क्लोज गरेसँगै पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशलमव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ ।

इन्फिनिटी लघुवित्तले पुस २७ गते बोलायो साधारण सभा, प्रस्ताव गर्‍यो २९.१६% लाभांश

पुस ६, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले होटल द नारायणी, गैडाकोट, नवलपरासीमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । यस वर्ष कम्पनीले कुल २९ दशमलव १६ प्रतिशत लााभंश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई पनि सभाले पारित गर्नेछ । सभाले संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । हाल कायम रू. ५० करोड अधिकृत पूँजीलाई रू. १ अर्ब पुर्‍याउने तथा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्त गर्ने या मर्जरमा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

४ ओटा वित्त कम्पनीको लाभांश घोषणा, कुन - कुन कम्पनीले गरे लाभांश प्रस्ताव ?

मंसिर २४, काठमाडौं । हालसम्ममा गत आवको मुनाफाबाट चार ओटा वित्त कम्पनीले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् । मञ्जुश्री फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, आइसिएफसि फाइनान्स र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । यी चार कम्पनीहरुमध्ये आइसिएफसि फाइनान्सले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले पुस ५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरेर १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । बाँकी तीन कम्पनीले साधारण सभाको मिति तय गरेका छैनन् । यी चार कम्पनीमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले हालसम्मकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसैगरी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ७ दशमलव ७० प्रतिशत बोनस शेयर ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यी प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

मञ्जुश्री फाईनान्सले गर्‍यो ४६% लाभांश वितरण गर्ने प्रस्ताव

मंसिर २४, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले शेयरधनीलाई बम्पर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

मन्जुश्री फाइनान्सको लाभांश घोषणा

मन्जुश्री फाइनान्स Manjushree Finance  ले  लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने ३८ करोड ६१ लाख ५७ हजार ९ सय ५३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६ सय ९३ रुपैयाँ ५२ पैसा  नगद गरि कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ५३ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

इन्फिनिटी लघुवित्तद्वारा २९.१६ % लाभांश प्रस्ताव

मंसिर ५, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आव २०७७/  ७८ को मुनाफाबाट शेयरधनीलाई २९ दशमलव १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  कम्पनीले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आव २०७७/  ७८ सम्मको वितरण योग्य मुनाफाबाट २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।   उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।