पुस २९, काठमाडौं । मञ्जुश्री फाईनान्सले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने / गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि गत पुस १५ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस २४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।