४ ओटा वित्त कम्पनीको लाभांश घोषणा, कुन - कुन कम्पनीले गरे लाभांश प्रस्ताव ?

मंसिर २४, काठमाडौं । हालसम्ममा गत आवको मुनाफाबाट चार ओटा वित्त कम्पनीले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् । मञ्जुश्री फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, आइसिएफसि फाइनान्स र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । यी चार कम्पनीहरुमध्ये आइसिएफसि फाइनान्सले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले पुस ५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरेर १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । बाँकी तीन कम्पनीले साधारण सभाको मिति तय गरेका छैनन् । यी चार कम्पनीमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले हालसम्मकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसैगरी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ७ दशमलव ७० प्रतिशत बोनस शेयर ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यी प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

सम्बन्धित सामग्री

पन्ध्र हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

१५ वटा हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरूले आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ६२ वटा हाइड्रोपावर कम्पनीमध्ये हालसम्म १५ वटा...

१३ कम्पनीको लाभांश प्रस्ताव बोनसभन्दा नगद प्राथमिकतामा

वाणिज्य बैंकसहित १३ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । साधारणसभा बोलाएका कम्पनीहरूले लाभांश प्रस्ताव गरेका हुन् । कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा बोनस सेयरमा भन्दा बढी नगद लाभांशमै बढी केन्द्रित देखिएका छन् ।  ग्लोबल...

एनसीसी बैंकको लाभांश प्रस्ताव

कुमारी बैंकसँग मर्जर सम्झौता गरेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश प्रस्ताव गरेको छ ।

पाँच कम्पनीले गरे लाभांश प्रस्ताव

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत पाँच कम्पनीले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७८/७९ को वितरणयोग्य मुुनाफाबाट लाभांश बाँड्ने भएका हुन् । नेप्सेमा १३ वटा समूूहमा सूचीकृतमध्ये पाँच...

सिद्धार्थ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

काठमाडौं, २० माघ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १८ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]

महालक्ष्मी विकास बैंकद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकले २१.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) समक्ष २० प्रतिशत बोनस सेयर र १.०४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।बैंकको सञ्चालक समितिको बैठकले ३ अर्ब ३४ करोड २४ लाख चुक्ता पुँजीको २१.०४ प्रतिशतले हुन आउने ७० करोड ३६ लाख लाभांश प्रस्ताव गरेको हो । लाभांश […]

नेरुडे लघुवित्तद्धारा २२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, २५ असोज । नेरुडे लघुवित्तले २२ दशमलव ६१८५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७÷७८ को मुनाफाबाट उक्त लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । २१ दशमलव ४८ प्रतिशतले हुन आउने […]

पुनर्विमा कम्पनीले परिमार्जन गर्यो लाभांश प्रस्ताव

नेपाल पुनर्विमा कम्पनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघि २०७८ असार महिनामा बसेको सञ्चालक समितिको बैठकबाट १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।कम्पनीले आफ्नो वितरण योग्य नाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब को उक्त लाभांश प्रस्ताव गरेको थियो । तर, बीमा समितिले पत्र काटेपछि कम्पनीले आफ्नो पहिलाको लाभांश प्रस्ताव परिमार्जन गरेको जनाएको छ । समितिले पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको चुक्ता पुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ […]

प्रुडेन्सियल इन्स्योरेन्सको ८.४२% लाभांश प्रस्ताव

प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यही माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६-०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजारको कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ८ […]