काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
साउन ९ गते बसेको क्यापिटलको सञ्चालक समिति बैठकले क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा उक्त दिन बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।
गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ४६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत सभाले पारित गर्ने कार्यक्रम तय भएको छ ।
क्यापिटलले यस वर्ष नगद लाभांशका लागि ९ करोड २० लाख रकम छुट्याएको छ । यसका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत सभाले पारित गर्नेछ ।