पुस १३, काठमाडौं । पाँच ओटा अलग - अलग कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार पुस १४ गतेसम्म रहेको छ ।
मञ्जुश्री फाईनान्स, चिलिमे जलविद्युत् कम्पनी,समिट लघुवित्त वित्तीय संस्था,इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडकोे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको हो ।
मञ्जुश्री फाईनान्सले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।
त्यसैगरी चिलिमे जलविद्युत् कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गरेकाले बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने छ ।
त्यसैगरी समीट लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २४ गतेसम्म बुक क्लोज गरेसँगै बुधवार पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ दशमलव २८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँवुखैरेनी ३ तनहुँमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।
इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको छ ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरेसँगै पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशलमव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ ।