महोत्तरी : महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।महोत्तरीदेखि झापासम्मका दर्जनौँ व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फसाएर उठीबास र घरबारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषणसमेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पुर्पक्षका लागि जेल चलान गरेको हो।महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालक