मकवानपुर – बाग्मती प्रदेश सरकारले संसद् बन्द गरेर अध्यादेशबाटै शासन गर्दै छ । प्रदेश सरकार संसद् बन्द गरेर बारम्बार अध्यादेश जारी गर्ने र शासन गर्ने मनसायका साथ अगाडि बढेको छ ।
प्रदेश सभा खोल्ने कि यत्तिकै यो कार्यकालमा बन्द गर्ने भन्ने दाेधारमा रहेको सरकारले अध्यादेशबाट सबै क्षेत्रलाई खुसी बनाउने गरी अगाडि बढेको छ । संसदमा नागरिकले चुनेर पठाएका प्रतिनिधिले आफ्ना राय र सल्लाहमा कानुन बनाउनुपर्ने ठाउँमा पटक–पटक अध्यादेश जारी गर्ने र काम गर्ने गरी सरकार अगाडि बढेको हो । प्रदेश सरकारले फेर दुई वटा अध्यादेश...