आगामी तीन वटै तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ । बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि प्रचारप्रसारको जिम्मेवारी लिने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति तीर्थ बहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउनका लागि स्रष्टा र स्वास्थ्यकर्मीहरुलाई सक्रिय र सशक्त रुपमा प