रसुवा, १२ असार । धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । बेथा लागेर पनि सहजरूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका–५ टेचाङ्ते निवासी एक महिलालाई जिल्ला अस्पतालले गएराति शल्यक्रियाबाट बच्चा निकालेको थियो । यो शल्यक्रियाले जिल्लामा पहिलो रेकर्ड कायम गरेको छ । सुत्केरीको नाम भने उल्लेख नगर्न अस्पतालले आग्रह गरेको छ । […]