विराटनगरका उद्योगी, व्यवसायीले बुझाए ज्ञापनपत्र

विराटनगर (अस) । मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडासहितको उद्योगी तथा व्यवसायीको टोलीले आइतबार पूर्वप्रधानन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्मासमक्ष  ब्याजदर घटाउन र तरलता अभाव हुन नदिने उपायसहितको कदम चाल्न ज्ञापनपत्र बुझाएको छ । उद्योगी, व्यवसायीको टोलीले विराटनगरमा अर्थमन्त्री शर्मा  र पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । निवर्तमान अध्यक्ष मुन्दडाले मुलुकको आर्थिक मेरुदण्ड निजी क्षेत्रका उद्योग, व्यवसायले हाल बढ्दो ब्याजदरको मार खेप्नुका साथै विभिन्न कारणले पुँजी अभावको अवस्था सिर्जना भएबाट उद्योग, व्यवसाय धराशयी हुने सम्भावना बढेकोतर्फ ध्यानाकर्षण गराए । मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्वसहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिमपूर्ण स्थिति आउन नदिन उनले नेताद्वयलाई आग्रह गरे । मुन्दडाले बैंकहरुले हाल संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर कायम गरेको र आगामी चैतमा बैंक ब्याजदर ११ प्रतिशतसम्म पुग्न सक्ने सम्भावना देखिएकाले हालका लागि संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत बैंक ब्याजदर कायम गराउन र तरलता अभाव समस्या न्यूनीकरणका लागि सम्बन्धित निकायलाई तत्काल कदम चाल्न पहल गरिदिन अर्थमन्त्री शर्मा र पूर्वप्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गरे । कार्यक्रममा पूर्वअध्यक्ष महेश जाजू, पूर्वअध्यक्ष पवनकुमार सारडा, उपाध्यक्ष (उद्योग) विकासकुमार बेगवानी, कार्यकारी सदस्य दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशीष गोल्छा, सुशील सुराना र  गोपाल अग्रवाल उपस्थित थिए ।

सम्बन्धित सामग्री

भुक्तानी माग्दै निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र

निर्माण व्यवसायी महासंघ बागमती प्रदेश र निर्माण व्यवसायी संघ मकवानपुरले रोकिएको रकम भुक्तानी माग गर्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले निर्माण व्यवसायीहरूले काम गरेपछि पाउँनुपर्ने भुक्तानी रोकिएको भन्दै तत्काल...

चोरी गर्नेलाई कारबाही गर्न माग गर्दै व्यवसायीले बुझाए ज्ञापनपत्र

महोत्तरी – महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी ब्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् । मंगलबार प्रदिप सेन्चुरीको सुनचाँदी पसलवाट सुन चोरी गर्ने ब्यक्तीलाइ प्रहरीले समेत पक्राउ गर्न नसक्नुले असुरक्षित महसुस भएको ब्यापारीले बताए । यसैबीच आज सुनचाँदी व्यवसायीहरुले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा ब्यवसायीले जिल्ला सुरक्षा कार्यालयको भुमिकामाथी नै प्रश्न […]

व्यवसायीले बुझाए अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र

तनहुँ – तनहुँका उद्योगी, व्यवसायीले अर्थमन्त्री र गभर्नर समक्ष ज्ञापनपत्र बुझाएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज उद्योगी, व्यवसायीको टोलीले सात बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्जाको ब्याजदर एकल अङ्कमा हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाले विभिन्न शीर्षकमार्फत् सेवा शुल्कका नाममा कुनै पनि […]

स्वरोजगार व्यापार श्रमिक संघद्वारा महानगरलाई ज्ञापनपत्र

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।बिहीबार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरे पनि मेयर साहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका […]

शान्ति सुरक्षा माग गर्दै धनुषाका व्यवसायीले सिडिओलाई बुझाए ज्ञापनपत्र

जनकपुरधाम – जनकपुरधामका व्यवसायीले शान्ति सुरक्षा माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। पछिल्लो केही समयदेखि धनुषामा चोरी आगजनी तथा आपराधिक किसिमको घटना बढ्दै गएको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन्। उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आमनागरिक […]

ट्रक व्यवसायीले चितवन जिप्रकामार्फत बुझाए सरकारलाई ज्ञापनपत्र

चितवन : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको  तुलनामा ढुवानी भाडा नबढेको भन्दै ट्रक व्यवसायीले विरोध गर्दै आएका छन्। उनीहरूले ढुवानी भाडा बढाउन माग राख्दै जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले चितवनका प्रजिअ अस्मान तामाङसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।सरकारले पटक-पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको तर ६ वर्षदेखि ढुवानी भाडा नबढाएको भन्दै धादिङका व्यवसायी मनोज केसीको नेतृत्वमा सयभन्दा बढी व्यवसायीले रामनगरमा भेला भएर आन्दोलन

यातायात व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

यातायात व्यवसायीले कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासङ्घले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर आज विभिन्न माग समेटिएको सात बुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायीले यातायात क्षेत्रको १० खर्बको लगानी जोखिममा परेको झण्डै चार लाख यातायात व्यवसायी तथा स्वरोजगार व्यवसायीसहित नौ लाख मजदूर चपेटामा परेको भन्दै विभिन्न सात बुँदे माग

महिला कानुन व्यवसायीले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

महिला कानुन व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका […]