यातायात व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

यातायात व्यवसायीले कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासङ्घले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर आज विभिन्न माग समेटिएको सात बुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायीले यातायात क्षेत्रको १० खर्बको लगानी जोखिममा परेको झण्डै चार लाख यातायात व्यवसायी तथा स्वरोजगार व्यवसायीसहित नौ लाख मजदूर चपेटामा परेको भन्दै विभिन्न सात बुँदे माग

सम्बन्धित सामग्री

यातायात व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । यातायात व्यवसायीले कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बिहीवार विभिन्न माग समेटिएको सातबुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायीले यातायात क्षेत्रको १० खर्बको लगानी जोखिममा परेको, करीब ४ लाख यातायात व्यवसायी तथा स्वरोजगार व्यवसायीसहित ९ लाख मजदूर चपेटामा परेको उल्लेख गरेका छन् । आफूहरूका समस्याबारे प्रधानमन्त्री कार्यालयसहित सरकारका सबै निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधानको प्रयास नभएको भनाइ व्यवसायीको छ । व्यवयासीले यातायात्र क्षेत्रमा कार्यरत मजदूर तथा कर्मचारीलाई तत्काल कोरोना विरुद्धको खोप लगाउनुपर्ने माग राखेका छन् । विसं २०६९ यता भाडा वृद्धि नभएको र व्यवसायीले ठूलो नोक्सानी बेहोरिरहेको सार्वजनिक र पर्यटन यातायाततर्फको भाडा समायोजन गरिनुपर्ने माग उनीहरूको छ ।