‘एक जना चिनियाँ भाषा बुझ्ने प्रहरी तत्काल दरबारमार्ग पठाइदिनुस् त।'
शनिवार दिउँसो करिब साढे ४ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीको फोन कलले पर्यटक प्रहरी भृकुटीमण्डपमा तनाव नै भयो।
के गर्ने? कसलाई पठाउने?
एसएसपी सुवेदीले पर्यटक प्रहरीसँग चिनियाँ भाषाको ज्ञान भएको प्रहरी होलान् भनेर फोन गरेका रहेछन्।