निर्जीवन बीमा व्यवसाय मोटर र सम्पत्तिमा केन्द्रित

काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय मोटर बीमा र सम्पत्ति बीमामा मात्रै केन्द्रित भएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ को २ महीनामा जारी भएको बीमालेखमध्ये ८० प्रतिशत मोटर बीमा र सम्पत्ति बीमाको छ । मोटर र सम्पत्ति बीमा बाध्यकारी भएकाले अन्य बीमाको तुलनामा यी दुईमा बढी भएको यस क्षेत्रका जानकार बताउँछन् ।  प्राधिकरणका अनुसार आव २०८०/८१ को २ महीनामा ४ लाख ९ हजार ८० ओटा बीमालेख जारी भएका छन् । त्यसको ७९ दशमलव ४४ प्रतिशत बीमालेख मोटर बीमा र सम्पत्ति बीमाका छन् । साउन र भदौमा ५७ प्रतिशत (२ लाख ३३ हजार ८६०) मोटर बीमा र २२ प्रतिशत (९१ हजार १०१) सम्पत्ति बीमालेख जारी भएको छ ।  दुई महीनामा सबैभन्दा कम हवाई बीमालेख जारी भएको छ । यस अवधिमा हवाई बीमाको १८ ओटा बीमालेख जारी भएको हो ।  प्राधिकरणका अनुसार आव २०७९/८० को यही अवधिमा जारी भएका ४ लाख ४५ हजार ३७१ बीमालेखमध्ये ७६ प्रतिशत मोटर र सम्पत्ति बीमाका थिए । आव २०८०/८१ को २ महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल ७ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये २८ दशमलव शून्य ६ प्रतिशत (१ अर्ब ९८ करोड रुपैयाँ) मोटर बीमाबाट र २६ दशमलव ७६ प्रतिशत (१ अर्ब ८९ करोड रुपैयाँ) सम्पत्ति बीमाबाट संकलन भएको छ ।  नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं मोटर र सम्पत्ति बीमा बाध्यकारी भएकाले बीमा कम्पनीहरूको अंश अन्य बीमाको तुलनामा यी दुईमा बढी भएको बताउँछन् । ‘नेपालमा मोटर र सम्पत्ति बीमा कानूनी रूपमै बाध्य बनाइएको छ । मोटर बीमा अनिवार्य गर्नुपर्छ भनेर यातायात ऐनमा नै भनिएको छ,’ उनले भने, ‘त्यसैगरी राष्ट्र बैंकले बैंकबाट कर्जा लिँदा सम्पत्ति बीमा पनि अनिवार्य गरेको छ ।’  बीमालाई बाध्यकारी बनाउनेभन्दा पनि स्व:स्फूर्त रूपमा गर्न प्रोत्साहन गर्नुपर्ने चापागाईं बताउँछन् । ‘बीमालाई स्व:स्फूर्त प्रोत्साहन गर्न कम्पनीहरूले समयमा दाबी भुक्तानी गरेर विश्वसनीयता बढाउन आवश्यक छ,’ चापागाईं भन्छन्, ‘यस्तै प्राधिकरणले पनि कम्पनीहरूले गर्ने भुक्तानीलगायत कार्यको सुपरिवेक्षण गर्न आवश्यक छ । बीमाबारे आम नागरिकलाई सचेत गराउन पनि उत्तिकै आवश्यक छ ।’ 

सम्बन्धित सामग्री

बढ्न सकेन बीमा व्यवसाय, मोटर र सम्पत्ति बीमाकै भर

१३ वैशाख, काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव बीमा व्यवसायमा देखिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीले ३० अर्ब १५ करोड ३० लाख रुपैयाँबराबर बीमा शुल्क आर्जन गरेका छन् । …

निर्जीवन बीमा कम्पनीले बढाए शुल्क, मोटर बीमाको हिस्सा बढी

चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमा कम्पनीहरूले बीमा शुल्क आर्जनको अवस्थामा सुधार गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको नौ महिनामा कम्पनीहरूले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । आव २०७८/०७९ को सोही अवधिमा २८ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा […]

निर्जीवन बीमा कम्पनीको व्यापार २५ अर्बभन्दा बढी

काठमाडौं  । चालू आर्थिक वर्ष (आव)को फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २५ अर्बभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार चालू आवको साउनदेखि फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँको व्यापार गरेका हुन् । यो गत आवको सोही अवधिको तुलनामा २ दशमलव २६ प्रतिशतभन्दा बढी हो । गत आवको आठ महीनामा निर्जीवन बीमा कम्पनीहरूले २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँको व्यापार गरेका थिए । चालू आवको समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ७६ हजार ४५३ ओटा बीमालेख जारी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले फागुनमा मात्रै २ लाख ४० हजार १७० ओटा बीमालेख जारी गरी २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले हालसम्म सम्पत्ति, सामुद्रिक, हवाई, मोटर, इन्जिनीयरिङ तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली बीमा, लघुबीमा र विविध बीमालेख विक्री गर्दै आएका छन् । फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले आठ महीनामा ३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेको छ । यस्तै दोस्रोमा नेको इन्सुरेन्सले १ अर्ब ९७ करोड ६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९१ करोड २३ लाख रुपैयाँको व्यापार गरेको प्राधिकरणले बताएको छ ।

सवारीसाधन आयात प्रतिबन्धको असर बीमामा, मोटर बीमा व्यवसाय २२.९५% सीमित

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुमा मोटर बीमाको व्यवसाय घटेको छ। निर्जीवन बीमामा मोटर बीमाको व्यवसायको

निर्जीवन बीमा : लघुबीमाको अंश अत्यन्त न्यून

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा अझै पनि मोटर बीमाको अंश बढी देखिएको छ । बीमा समितिले जारी गरेको तथ्यांकअनुसार २० निर्जीवन बीमा कम्पनीले माघ महीनामा गरेको बीमा व्यवसायका आधारमा यस्तो देखिएको हो । निर्जीवन बीमा कम्पनीहरूले माघ महीनामा रू. २ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, त्यसमा मोटर बीमाबाट प्राप्त बीमाशुल्कको अंश ३९ प्रतिशत छ, जुनको अन्य बीमा प्रडक्ट तुलनामा सबैभन्दा बढी हो । दोस्रो स्थानमा सम्पत्ति बीमा देखिएको छ । निर्जीवन बीमा व्यवसायमा उक्त बीमाको अंश ३३ प्रतिशत देखिएको छ । निर्जीवन बीमा कम्पनीहरूले मोटर, सम्पत्ति, हवाई, इन्जिनीयरिङ, सामुद्रिक, कृषि, लघुजस्ता बीमा प्रडक्टको व्यवसाय गर्दै आएका छन् । त्यसमा मोटर र सम्पत्तिबाहेकका बीमा प्रडक्टको अंश १० प्रतिशतभन्दा कम रहेको छ । निकै महŒवका साथ प्रचलनमा ल्याइएको लघु बीमाको अंश अत्यन्त कम छ । निर्जीवन बीमा व्यवसायमा लघुबीमाको अंश १ प्रतिशतभन्दा पनि कम देखिएको छ । माघमा उक्त बीमामार्पmत ४१ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको छ । कुल व्यवसायमा लघुबीमाको अंश १० प्रतिशत हुनुपर्ने व्यवस्था छ । तर, त्यो भन्दा निकै कम लघुबीमा व्यवसाय भएको समितिको तथ्यांकले देखाएको छ । कम्पनीहरू ठूलो आकारको व्यवसायमा केन्द्रित हुँदा यस्तो अवस्था आएको जानकारहरू बताउँछन् । निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षत्रीले पछिल्लो समय लघु, कृषि बीमाको व्यवसाय बढ्दै गएको बताए । ‘तोकिएको अनुपातमा व्यवसाय हुन केही समय लाग्न सक्छ । तर, पछिल्लो समय यस्ता बीमो व्यवसाय बढ्दै गएको छ,’ उनले भने, ‘त्यसैले यसमा आत्तिनुपर्ने अवस्था छैन । यस्तो व्यवसायको हकमा हामी अन्य देशको तुलनामा अगाडि छौं ।’   पोलिसी नम्बरको आधारमा भने सन्तोषजनक अवस्था भएको उनी बताउँछन् । तर, त्यस सम्बन्धमा यकिन तथ्यांक नभएको उनले बताए । मोटर बीमालाई सरकारले अनिवार्य गरेको छ । त्यसैले बीमामा यसको अंश बढी हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘गाडी आयात बढ्दो छ । बीमा गर्दा स्वाभाविक रूपमा मोटर बीमाको अंश बढी हुन्छ,’ उनले भने, ‘तर, अन्य बीमाको अंश पनि बढ्दै गएको छ । केही समयमा प्रडक्टअनुसारको व्यवसायमा सन्तुलन आउँछ ।’

अस्वस्थ प्रतिस्पर्धा रोक्न बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर :  बीमा समिति

कात्तिक ११, काठमाडौं । बीमा समितिले अस्वस्थ प्रतिस्पर्धा रोक्न गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकिएको  बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर बीमाशुल्क पुनरावलोकन गर्न माग गरेपछि सो सम्बन्धमा बीमा समितिले ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो जवाफ दिएको हो । त्यसैगरी बीमा समितिले निर्जीवन बीमा अन्तर्गत अग्नी, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम प्रिमियम दर कायम गर्न पटक पटक बीमा समिति समक्ष आग्रह गर्दै आएको बताएको छ । समितिले कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तरराष्ट्रिय पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्ने गरेको र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएको भन्दै न्यूनतम प्रिमियम दर तोक्नु परेको उल्लेख गरेको छ । मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शीरुपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रका तर्फबाट गर्नुपर्ने योगदान गर्न सदैव तत्पर रहेको पनि समितिले बताएको छ । न्यूनतम प्रिमियम दर लगायत बीमा क्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजीक्षेत्रबाट प्राप्त हुने सुझावहरुलाई सकारात्मकरुपमा लिने पनि समितिले बताएको छ ।

मोटर बीमामा निषेधाज्ञा अवधिको प्रिमियम छूट

काठमाडौं । बीमा समितिले मोटर बीमामा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा छूट दिने भएको छ । समितिले शुक्रवार निर्जीवन बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दै मोटर बीमामा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा समानुपातिक रूपमा छूट दिन निर्देशन दिएको हो । समितिले सार्वजनिक यात्रुवाहक सवारीसाधनको हकमा यस्तो निर्णय गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निषेधाज्ञा अवधिभरका लागि सार्वजनिक सवारीसाधनको बीमाशुल्कमा छूट दिने निर्णय गरिएको बताए । निषेधाज्ञा अवधिमा अधिकांश सवारीसाधन पूर्णरूपमा थन्किएका र केही सवारीसाधन आंशिक रूपमा चलेका छन् । त्यो अवस्थामा सवारीसाधनमा बीमायोग्य जोखिम कम हुने भएकाले समानुपातिक रूपमा बीमाशुल्क छूट दिने व्यवस्था गरिएको हो । तर, दाबी परिसकेको बीमाको हकमा भने छूट नदिइने बीमा समितिको भनाइ छ । कोरोना भाइरसको दोस्रो लहर शुरू भएपछि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको थियो । त्यो मितिदेखि सरकारले निषेधाज्ञा हटाएको मितिसम्मको अवधिका लगि बीमाशुल्क छूट दिनुपर्ने समितिको भनाइ छ । समितिले कोरोनाको पहिलो लहर नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीमा पनि मोटर बीमामा बीमाशुल्क छूट दिएको थियो । सवारीसाधन नचलाउँदा जोखिम नहुने भएकाले बीमितहरूलाई बीमाशुल्कमा छूट दिने निर्णय गरिएको हो । समितिका अनुसार वार्षिक बीमाशुल्कको १ तिहाइ रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरिनेछ । बाँकी रहेको २ तिहाइ रकमबाट समानुपातिक रूपमा छूट दिने व्यवस्था कम्पनीले गर्नुपर्ने छ । बीमाशुल्क गणना गर्दा तेस्रो पक्ष, यात्रु र कर्मचारी बीमालगायत जोखिमको समेत हिसाब गर्नुपर्ने समितिको भनाइ छ । कम्पनीले वार्षिक बीमाशुल्कको २ तिहाइ रकमलाई ३६५ भाग गरेर १ दिनको बीमाशुल्क गणना गर्नुपर्नेछ । सोही १ दिनको बीमाशुल्क निषेधाज्ञा भएको दिनको आधारमा सम्बद्ध सवारीधनीले बीमाशुल्कमा छूट पाउने छन् । समितिका अनुसार बीमितले पाउने यो छूट बीमालेख नवीकरण गर्दा बीमाशुल्कमा समायोजन गरिनेछ । कम्पनी परिवर्तन गर्दा भने हालको कम्पनीले बीमालेख छूट दिएको रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ । बीमा अवधिमा दाबी परेको सवारीसाधनको हकमा भने यो छूट लागू हुने छैन । निषेधाज्ञा कारण सवारीसाधन थन्किएर बसेका छन् , त्यसैले जोखिम कम छ । यही आधारमा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा छूट दिने निर्णय गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने सरकारले सूचना जारी गरी सञ्चालन गर्न दिएको अनुमतिको अवधिको आधारमा थन्किएको अवधि गणना गरिनेछ । सोही आधारमा नै सम्बद्ध सवारीधनीले बीमाशुल्कमा छूट पाउने समितिको भनाइ छ ।

बाढी पहिरोको क्षतिपूर्तिका लागि झण्डै २ अर्ब बराबरको बीमा दाबी

देशैभरका विभिन्न भागमा गएको बाढी पहिरोबाट भएको भौतिक क्षतिको पूर्तिका लागि झण्डै २ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नियामक निकाय नेपाल बीमा समितिका अनुसार यस्तो दाबी २० वटै निर्जीवन बीमा कम्पनीहरूबाट गरी कुल एक अर्ब ९२ करोड ३ लाख ४८ हजार बीमा माग दाबी आएको हो । ती बीमा कम्पनीहरूबाट सङ्कलित तथ्याङ्कअनुसार अविरल वर्षा शुरु भएदेखि असार २३ गतेसम्म सम्पति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ्ग बीमा लगायत विविध बीमा अन्तर्गत कुल ३३१ बीमा माग दाबी परेको हो ।सबै निर्जीवन बीम