१३ वैशाख, काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव बीमा व्यवसायमा देखिएको छ ।
चालु आर्थिक वर्ष (आव) २०८०/८१ तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीले ३० अर्ब १५ करोड ३० लाख रुपैयाँबराबर बीमा शुल्क आर्जन गरेका छन् । …
काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय मोटर बीमा र सम्पत्ति बीमामा मात्रै केन्द्रित भएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ को २ महीनामा जारी भएको बीमालेखमध्ये ८० प्रतिशत मोटर बीमा र सम्पत्ति बीमाको छ । मोटर र सम्पत्ति बीमा बाध्यकारी भएकाले अन्य बीमाको तुलनामा यी दुईमा बढी भएको यस क्षेत्रका जानकार बताउँछन् ।
प्राधिकरणका अनुसार आव २०८०/८१ को २ महीनामा ४ लाख ९ हजार ८० ओटा बीमालेख जारी भएका छन् । त्यसको ७९ दशमलव ४४ प्रतिशत बीमालेख मोटर बीमा र सम्पत्ति बीमाका छन् । साउन र भदौमा ५७ प्रतिशत (२ लाख ३३ हजार ८६०) मोटर बीमा र २२ प्रतिशत (९१ हजार १०१) सम्पत्ति बीमालेख जारी भएको छ ।
दुई महीनामा सबैभन्दा कम हवाई बीमालेख जारी भएको छ । यस अवधिमा हवाई बीमाको १८ ओटा बीमालेख जारी भएको हो ।
प्राधिकरणका अनुसार आव २०७९/८० को यही अवधिमा जारी भएका ४ लाख ४५ हजार ३७१ बीमालेखमध्ये ७६ प्रतिशत मोटर र सम्पत्ति बीमाका थिए । आव २०८०/८१ को २ महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल ७ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये २८ दशमलव शून्य ६ प्रतिशत (१ अर्ब ९८ करोड रुपैयाँ) मोटर बीमाबाट र २६ दशमलव ७६ प्रतिशत (१ अर्ब ८९ करोड रुपैयाँ) सम्पत्ति बीमाबाट संकलन भएको छ ।
नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं मोटर र सम्पत्ति बीमा बाध्यकारी भएकाले बीमा कम्पनीहरूको अंश अन्य बीमाको तुलनामा यी दुईमा बढी भएको बताउँछन् । ‘नेपालमा मोटर र सम्पत्ति बीमा कानूनी रूपमै बाध्य बनाइएको छ । मोटर बीमा अनिवार्य गर्नुपर्छ भनेर यातायात ऐनमा नै भनिएको छ,’ उनले भने, ‘त्यसैगरी राष्ट्र बैंकले बैंकबाट कर्जा लिँदा सम्पत्ति बीमा पनि अनिवार्य गरेको छ ।’
बीमालाई बाध्यकारी बनाउनेभन्दा पनि स्व:स्फूर्त रूपमा गर्न प्रोत्साहन गर्नुपर्ने चापागाईं बताउँछन् । ‘बीमालाई स्व:स्फूर्त प्रोत्साहन गर्न कम्पनीहरूले समयमा दाबी भुक्तानी गरेर विश्वसनीयता बढाउन आवश्यक छ,’ चापागाईं भन्छन्, ‘यस्तै प्राधिकरणले पनि कम्पनीहरूले गर्ने भुक्तानीलगायत कार्यको सुपरिवेक्षण गर्न आवश्यक छ । बीमाबारे आम नागरिकलाई सचेत गराउन पनि उत्तिकै आवश्यक छ ।’
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता तिर्न दिनहुँ सडकमा निस्कनै पर्ने गाडी दुर्घटना भएर महीनौंसम्म ग्यारेजमा थन्कियो भने के गर्नुहुन्छ ?
सम्भवत तपाईंले साथीभाइसँग सापटी मागेर बैंकको किस्ता तिर्नुहुन्छ । घरखर्च चलाउन अन्य काम खोज्नुहुन्छ । काम पाउनु भएन भने घरखर्च पनि सापटी मागेरै चलाउनुहुन्छ । साथीभाइबाट भनेको समयमा सापटी पाइएन भने बैंकलाई जरिवानासहित किस्ता तिर्नुहुन्छ ।
तर, तपाईंले नेको इन्स्योरेन्समार्फत गाडीको बीमा गरेको भए तपाईंको गाडी ग्यारेजमा थन्किएको समयमा बैंकलाई तिर्ने किस्ता नेकोले तिरिदिन्थ्यो । त्यसको लागि तपाईंले ‘मोटर लस अफ प्रोफिट पोलीसी (एमएलओपी)’ खरीद गरेको हुनुपर्थ्यो ।
गाडीको बीमा जुनसुकै कम्पनीमार्फत गरे पनि एउटै दररेट लागू हुन्छ । नेकोमा गाडीको बीमा गर्दा लाग्ने पैसा पनि उही हो । तर, तपाईंको बैंकलाई तिर्ने ३ महीनाको किस्ता रकमको ५ प्रतिशत प्रिमियम तिर्ने हो भने तपाईंको गाडी ३ महीनासम्म ग्यारेजमा रह्यो भने पनि बैंकको तनाव लिनु नपर्ने कम्पनीका प्रमुख बजार अधिकृत विशालकुमार थापाले बताए ।
मानौं तपाईंको गाडीको मासिक किस्ता ५० हजार रुपैयाँ छ भने ३ महीनाको किस्ता रकम १ लाख ५० हजार रुपैयाँ हुन्छ । तपाईंले यसको लागि ७ हजार ५०० रुपैयाँ अतिरिक्त तिर्ने हो भने वर्षभरिमा ३ महीनाको किस्ता बीमा कम्पनीले तिरिदिन्छ ।
यो पोलीसीले दुर्घटनाका कारण तपाईंको गाडी १ महीना ग्यारेजमा बस्दा १ महीनाकै र ३ महीनासम्म ग्यारेजमा थन्किएको अवस्थामा ३ महीनासम्मकै किस्ता रकम कम्पनीले तिरिदिन्छ ।
मासिक किस्ता बढीमा १ लाख रुपैयाँसम्मको लागि कम्पनीले एमएलओपी बीमा गर्छ । वर्षमा बढीमा ३ महीनाको ३ लाख रुपैयाँसम्म बैंकको किस्ता कम्पनीले तिरिदिन्छ ।
‘जिन्दगीभर दु:ख गरेर जोडेको पैसामा बैंकको ऋणसमेत थपेर गाडी किनेको हुन्छ । गाडी चलाउन थालेको ४/६ महीनामै दुर्घटनामा परेर ग्यारेजमा थन्कियो भने त सामान्य मान्छेको जिन्दगी नै बर्वाद हुन्छ,’ बजार अधिकृत थापाले भने, ‘कम्तिमा ग्यारेजमा थन्किएको समयको किस्ता बीमाले कभर गरिदियो भने गाडी किन्नेलाई थप आर्थिक भार त पर्दैन ।’
विदेशतिर यस्तो बीमा पोलीसीमा सवारीधनी निकै आकर्षित भएका छन् । नेपालमा भने नेकोले पहिलोपटक यस्तो पोलीसी सार्वजनिक गरेको र अहिलेसम्म नेकोमा मात्रै यस्तो सुविधा रहेको पनि थापाले बताए ।
निजी सवारीधनीलाई ५० हजार
निजी सवारीधनीले भने वार्षिक ५० हजार रुपैयाँसम्म अतिरिक्त सुविधा पाउँछन् । उनीहरूले जतिसुकै किस्ता रकम तिर्ने गरी गाडी किनेको भए पनि २ हजार रुपैयाँ अतिरिक्त प्रिमियम तिर्दा वैकल्पिक सवारीसाधन प्रयोगका लागि भनेर कम्पनीले ५० हजार रुपैयाँसम्मको सुविधा दिने गरेको थापाले बताए ।
कम्पनीको मोटर बीमा पोलीसीले आफ्नै कारण भएको सानो तिनो दुर्घटनामा २ लाख रुपैयाँसम्मको दाबी ‘अन द स्पट’ दिने गरेको छ । यसको लागि पुलिस रिपोर्ट पनि बनाउनु पर्दैन । दुर्घटना भएको फोटो खिचेर कम्पनीको ह्वाट्सएप वा भाइबरमा पठाइदियो भने केही समयमै २ लाख रुपैयाँसम्मको दाबी भुक्तानी कम्पनीले दिने गरेको थापाले बताए । यो योजना २ पाङ्ग्रे र ४ पाङ्ग्रे सबैखाले सवारीसाधनमा उपलब्ध छ ।
२ लाख रुपैयाँभन्दा ठूलो क्षति भएको छ भने कम्पनीले मूल्याङ्कन गरेर १/२ दिनमा दाबी भुक्तानी दिने गरेको उनले बताए ।
कम्पनीले कृषि बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, ट्राभल बीमा लगायतका पोलीसीहरूमा पनि भिन्न खालका योजनाहरू ल्याएको छ ।
अमेरिकन इन्स्योरेन्स ग्रुपको नेटवर्क पार्टनर रहेको नेको इन्स्योरेन्समा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोष गरी ३ ओटा सरकारी संस्थाहरू प्रवर्द्धक छन् ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्नुहुन्छ । पक्की घरमा बस्नुहुन्छ । खेत जोत्नका लागि उहाँसँग पावर टिलर छ । सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ । यी सबै सम्पत्ति उहाँले व्यावसायिक तरकारी खेतीबाट जोड्नुभएको हो । डेढ दशक अघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उहाँले वर्षमा रु दश …
जनकपुरधाम । सम्पत्ति विवादका कारण सुटर लगाएर आफ्नै बुवाको हत्या गराएको आरोपमा एक युवकसहित तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । गत पुस ९ गते साँझ धनुषाको मुखियापट्टी मुसहरनियाका ५० वर्षीय धानुषधारी दासलाई घरमै मोटर बनाइरहेको बेला अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको थियो ।
सो घटनामा संलग्न ...
जनकपुरधाम । सम्पत्ति विवादका कारण सुटर लगाएर आफ्नै बुवाको हत्या गराएको आरोपमा एक युवकसहित तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । गत पुस ९ गते साँझ धनुषाको मुखियापट्टी मुसहरनियाका ५० वर्षीय धानुषधारी दासलाई घरमै मोटर बनाइरहेको बेला अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको थियो ।
सो घटनामा संलग्न ...
१८ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले घर तथा सम्पत्ति बीमा पनि अनिवार्य गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले सरकारले मोटर बीमा अनिवार्य गरे जस्तै घर तथा सम्पत्ति बीमा पनि अनिवार्य गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा […]
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा अझै पनि मोटर बीमाको अंश बढी देखिएको छ । बीमा समितिले जारी गरेको तथ्यांकअनुसार २० निर्जीवन बीमा कम्पनीले माघ महीनामा गरेको बीमा व्यवसायका आधारमा यस्तो देखिएको हो ।
निर्जीवन बीमा कम्पनीहरूले माघ महीनामा रू. २ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, त्यसमा मोटर बीमाबाट प्राप्त बीमाशुल्कको अंश ३९ प्रतिशत छ, जुनको अन्य बीमा प्रडक्ट तुलनामा सबैभन्दा बढी हो । दोस्रो स्थानमा सम्पत्ति बीमा देखिएको छ । निर्जीवन बीमा व्यवसायमा उक्त बीमाको अंश ३३ प्रतिशत देखिएको छ ।
निर्जीवन बीमा कम्पनीहरूले मोटर, सम्पत्ति, हवाई, इन्जिनीयरिङ, सामुद्रिक, कृषि, लघुजस्ता बीमा प्रडक्टको व्यवसाय गर्दै आएका छन् । त्यसमा मोटर र सम्पत्तिबाहेकका बीमा प्रडक्टको अंश १० प्रतिशतभन्दा कम रहेको छ ।
निकै महŒवका साथ प्रचलनमा ल्याइएको लघु बीमाको अंश अत्यन्त कम छ । निर्जीवन बीमा व्यवसायमा लघुबीमाको अंश १ प्रतिशतभन्दा पनि कम देखिएको छ । माघमा उक्त बीमामार्पmत ४१ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको छ ।
कुल व्यवसायमा लघुबीमाको अंश १० प्रतिशत हुनुपर्ने व्यवस्था छ । तर, त्यो भन्दा निकै कम लघुबीमा व्यवसाय भएको समितिको तथ्यांकले देखाएको छ । कम्पनीहरू ठूलो आकारको व्यवसायमा केन्द्रित हुँदा यस्तो अवस्था आएको जानकारहरू बताउँछन् ।
निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षत्रीले पछिल्लो समय लघु, कृषि बीमाको व्यवसाय बढ्दै गएको बताए । ‘तोकिएको अनुपातमा व्यवसाय हुन केही समय लाग्न सक्छ । तर, पछिल्लो समय यस्ता बीमो व्यवसाय बढ्दै गएको छ,’ उनले भने, ‘त्यसैले यसमा आत्तिनुपर्ने अवस्था छैन । यस्तो व्यवसायको हकमा हामी अन्य देशको तुलनामा अगाडि छौं ।’
पोलिसी नम्बरको आधारमा भने सन्तोषजनक अवस्था भएको उनी बताउँछन् । तर, त्यस सम्बन्धमा यकिन तथ्यांक नभएको उनले बताए ।
मोटर बीमालाई सरकारले अनिवार्य गरेको छ । त्यसैले बीमामा यसको अंश बढी हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘गाडी आयात बढ्दो छ । बीमा गर्दा स्वाभाविक रूपमा मोटर बीमाको अंश बढी हुन्छ,’ उनले भने, ‘तर, अन्य बीमाको अंश पनि बढ्दै गएको छ । केही समयमा प्रडक्टअनुसारको व्यवसायमा सन्तुलन आउँछ ।’
मानिस स्वभावैले सधैँ विलासी जीवनको प्रत्यासी हुन्छ । मानवीय आवश्यकता पूरा गर्न सम्पत्तिको आवश्यकता पर्दछ । जग्गाजमिन, घर, मोटर लगायतका भौतिक कुराहरू प्राप्त गर्ने आधार सम्पत्ति हो । सम्पत्ति आर्जन गर्न व्यक्तिलाई छुट हुन्छ । तर, त्यो प्राप्तिको बाटो कानुनसम्मत हुनुपर्दछ ।प्रचलित कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक व्यक्तिलाई संविधानले पनि सुनिश्चित गरेको हुन्छ । सम्पत्ति आर्जन गर्नु एउटा कुरा हो भने अस्वाभाविक सम्पत्तिको आर्ज
मानिस स्वभावैले सधैं विलासी जीवनको प्रत्यासी हुन्छ । मानवीय आवश्यकता पूरा गर्न सम्पत्तिको आवश्यकता पर्दछ । जग्गा जमीन, घर, मोटर लगायतका भौतिक कुराहरु प्राप्त गर्ने आधार सम्पत्ति हो । सम्पत्ति आर्जन गर्न व्यक्तिलाई छुट हुन्छ । तर, त्यो प्राप्तिको बाटो कानूनसम्मत हुनुपर्दछ ।प्रचलित कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोवार गर्ने हक व्यक्तिलाई संविधानले पनि सुनिश्चित गरेको हुन्छ । सम्पत्ति आर्जन गर्नु एउटा कुरा हो भने अस्वाभाविक सम्पत्तिको आर्