देशैभरका विभिन्न भागमा गएको बाढी पहिरोबाट भएको भौतिक क्षतिको पूर्तिका लागि झण्डै २ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नियामक निकाय नेपाल बीमा समितिका अनुसार यस्तो दाबी २० वटै निर्जीवन बीमा कम्पनीहरूबाट गरी कुल एक अर्ब ९२ करोड ३ लाख ४८ हजार बीमा माग दाबी आएको हो । ती बीमा कम्पनीहरूबाट सङ्कलित तथ्याङ्कअनुसार अविरल वर्षा शुरु भएदेखि असार २३ गतेसम्म सम्पति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ्ग बीमा लगायत विविध बीमा अन्तर्गत कुल ३३१ बीमा माग दाबी परेको हो ।सबै निर्जीवन बीम