आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आजबाट लागू हुने गरी थप १० दिन निषेधाज्ञाको घोषणा गरेका छन् । उपत्यकामा निषेधाज्ञा घोषणा गर्दै पहिलो बुँदामा नै सबै प्रकारका सभा, सम्मेलन, यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा जुलुस गर्न, नित्यकर्म बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम आदि नगर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आदेश दिएको छ ।तर, आज साउन महिनाको दोस्रो सातामा सोमबार पशुपति मन्दिरसँगै उपत्यकाका शिव मन्दिरहरूमा पूजाआरधनामा सरिक हुनेको बाक्लो भिडले न त सामाजिक दूरी का