पर्वत : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७६ सालमा शिक्षकहरूको दरबन्दी मिलान गर्नका लागि जिल्लागत रूपमा रहेका दरबन्दीको विवरण सार्वजनिक गर्यो। प्राथमिक तहमा कार्यरत शिक्षक र अध्ययनरत विद्यार्थीको संख्याको आधारमा जिल्लामा थप्नुपर्ने र सरुवा गर्नुपर्ने विवरण केन्द्रले नै दियो।सोही अनुसार पर्वतमा पनि दुई सय २३ जना शिक्षकहरूको दरबन्दी मिलान गर्नुपर्ने भनी तोकिएको थियो। तर दुई वर्षको यो अवधिमा ६८ जना शिक्षकहरूको मात्रै व्यवस्थापन भएको छ। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका कार्यालय