दरबन्दीका डाक्टर काठमाडौंमा, मारमा सेवाग्राही

सिन्धुली : दरबन्दीअनुसारका कर्मचारी नहुँदा सदरमुकामस्थित सिन्धुली अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ। अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जिल्लावासीहरु उपचारका लागि काठमाडौंलगायतका सहर धाउन बाध्य छन्। अस्पतालमा २३ जना कर्मचारीको दरवन्दी खाली रहेको अस्पताल प्रशासनले जनाएको छ। जसमध्ये ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि स्त्र...

सम्बन्धित सामग्री

लुम्बिनीमा स्वास्थ्य बीमा: बीमित जनसंख्या सीमित, ती पनि छैनन् सन्तुष्ट

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुर्दशन थापाले बीमा कार्यक्रम लागू भएपछि अस्पतालमा सेवाग्राही ह्वात्तै बढेपछि ओपीडी, ल्याब तथा फार्मेसी व्यवस्थापनमा चुनौती थपिएको बताए ।

कृषि विकास बैंक र घरघरमा डाक्टरबीच सहकार्य

काठमाडौं। कृषि विकास बैंकले घरघरमा डाक्टर प्रालिसँग व्यावसायिक सहकार्यको सम्झौता गरेको छ । कम्पनीका अध्यक्ष हेमा जिसी र बैंकका उप–महाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीका अध्यक्ष जिसीले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको बताइन् । यसको लाभ दुवै पक्षलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा सचेतना अभिवृद्धि गर्न सके नागरिकको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने उनले बताइन् । बैंकका उप–महाप्रबन्धक न्यौपानेले कम्पनीका देशभरि रहेका सेवाग्राही, कर्मचारीको बचत खाता, कर्जा, बैंक जमानत तथा प्रतीतपत्र सम्बन्धी कारोबार समेत बैंकले गर्ने गरी सम्झौता भएको बताए । सम्झौतामा बैंकले कम्पनीका सेवाग्राहीको रू. ५ लाख बराबरको दुर्घटना बीमासहितको बैंक खाता खोल्ने र कर्मचारीका लागि विनाधितो कर्जा दिने उल्लेख छ । यसका अतिरिक्त तलब खातामा बैंकले विभिन्न सेवामा छूट प्रदान गर्ने बताइएको छ ।

विश्व मिडवाईफ दिवस धुलिखेल अस्पतालमा मनाइयो

काठमाडौँ।  विश्व मिडवाईफ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईदैछ । काठमाडौँ विश्व विद्यालय धुलिखेल अस्पतालले मिडवाईफ दिवसको पूर्व सन्ध्यामा बिहीबार एक कार्यक्रमको आयोजना गरी मनायो । अस्पतालले मिडवाईफ विभाग स्थापना गरेको एक वर्ष पुरा भएको दिनका अवसर तथा विश्व मिडवाईफ दिवसका अवसरमा मिडवाईफ सेवाग्राही र स्त्रीरोग विभागका डाक्टर, नर्सहरुले एकआपसमा खुसी साटासाट गरेका थिए […]

नेपाललाई मेडिकल टुरिजमको गन्तव्य बनाउन सकिन्छ

स्टार अस्पतालका अध्यक्ष एवं प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष किशोर महर्जनसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले स्टार अस्पतालका गतिविधि, सेवासुविधा, स्वास्थ्य क्षेत्रका चुनौती लगायत समसामयिक विषयमा गरेको कुराकानीको सार : तपाईं अध्यक्ष भएर आएपछि स्टार अस्पताल एक सफल अस्पतालको रूपमा स्थापित भएको देखिन्छ । यो कसरी सम्भव भयो ? बताइदिनुहोस् न । यो सब कुशल व्यवस्थापनका कारण सम्भव भएको हो । नयाँ समूहसहित करीब साढे २ वर्षअघि म यस अस्पतालमा प्रवेश गरेको हँ । त्यसअघि यहाँ व्यवस्थापकीय कमी/कमजोरी थियो । पहिला यहाँको व्यवस्थापनको जिम्मेवारी मेडिकल डाक्टरहरूलाई दिइने गरिन्थ्यो । मेडिकल डाक्टरले राम्रो व्यवस्थापन गर्न सक्दैनन् भन्न खोजेको होइन । यद्यपि व्यवस्थापनको पाटो राम्रो हुन सम्बन्धित क्षेत्रकै मान्छे हुनुपर्छ, जोसँग त्यो खालको अनुभव र दक्षता बढी हुन्छ । त्यसैले व्यवस्थापन तहकै जनशक्तिबाट मात्रै कुनै पनि संघसंस्थाको राम्रो व्यवस्थापन हुन सक्छ । लामो समय बैंकिङ क्षेत्रमा पनि काम गरिसकेको हुनाले मलाई यसमा केही सहज भएको हो । यहाँको व्यवस्थापन चुस्त बनाउन कुन ठाउँमा केको कमी छ, त्यसको पूर्ति गर्न के गर्नुपर्छ भन्ने यकिन गर्न मलाई मेरो पहिलेको कामको अनुभवले थप सहयोग पुग्यो । त्यसबाहेक मैले सबैको साथ र सहयोग पाउँदा काम गर्न सजिलो भयो । लामो समय बैंकिङ क्षेत्रमा काम गर्नुभयो । फरक क्षेत्र, त्यसमा पनि अस्पतालको व्यवस्थापन गर्नुपर्दा गाह्रो/अफ्ठ्यारो के भयो ? अस्पतालमा व्यवस्थापनको पाटो एकातिर छ भने अर्कोतर्फ स्वास्थ्य क्षेत्र छ । व्यवस्थापनको पाटो सम्हाल्न त मलाई खासै गाह्रो भएन । किनभने यो पक्ष सम्पूर्ण व्यवसायमूलक संस्थामा एकै किसिमको हुन्छ । तर स्वास्थ्य क्षेत्रको पाटोमा भने मलाई केही समय गाह्रो नै पर्‍यो । जस्तै– बजारमा विभिन्न विधाका डाक्टर हुन्छन् । ती डाक्टरलाई कहाँ र कसरी परिचालन गर्ने भन्ने छुट्ट्याउन अन्योलकै अवस्था आयो । उनीहरूलाई के कसरी सुविधा दिने भन्ने मेरा लागि नयाँ अभ्यास थियो । त्यसका लागि मैले यस अस्पतालमा प्रवेश गर्ने बेला एकजना डाक्टरसँग सहकार्य गरेको थिएँ । उहाँले यसमा मलाई धेरै सहयोग गर्नुभयो । बिरामी अस्पताल आउनासाथ आवश्यकता नभए पनि विभिन्न किसिमका चेकजाँच गर्न लगाउने र जसरी भए पनि अस्पतालले फाइदा कमाउनुपर्छ भन्ने परिपाटी बस्यो भन्ने गुनासो सुनिने गर्छ । नेपालमा यस्तो खालको विकृति किन मौलाएको होला ? यस्तो मैले पनि सुनेको छु । यस क्षेत्रमा आउनुभन्दा पहिला मलाई पनि त्यस्तै लाग्थ्यो । जब म यस क्षेत्रमा प्रवेश गरेँ, त्यसपछि मात्र थाहा भयो कि ती हरेक किसिमका परीक्षणको आफ्नै महत्त्व छ । हाम्रो शरीरमा कुन तत्त्वको कमी वा बढी छ, केको आवश्यकता छ, शरीरका अंगहरू किन सामान्य अवस्थामा चलिरहेका छैनन् र किन हामीलाई ती लक्षण देखापर्छन् भन्नेबारे त्यस्ता परीक्षण नगरीकन थाहा नहुने रहेछ । अधिकांश बिरामीले यसलाई डाक्टरले विनाकारण परीक्षण गराएको भन्ने बुझेका हुन्छन् । तर एउटा बिरामीले कुनै अर्को अस्पतालमा पहिले नै गरिसकेको परीक्षण फेरि दोहोर्‍याएर आफ्नो अस्पतालमा गर्न लगाउने परिपाटी चाहिँ केही हदसम्म नराम्रो हो । यद्यपि कतिपय अवस्थामा आवश्यकताका आधारमा ती परीक्षण डाक्टरले पुनः गराउन सक्छन् । तपाईं यो अस्पतालमा प्रवेश गर्नुअघिको वित्तीय अवस्था कस्तो थियो र अहिले कस्तो छ ? म आउनुअघि स्टार अस्पताल लगभग २६ करोड रुपैयाँभन्दा बढी घाटामा थियो । ३६ करोड पूँजी भएको अस्पतालमा यति ठूलो घाटा हुनु भनेको निकै कम मात्र पूँजी बाँकी थियो । बैंकहरूबाट थप ऋण सहयोग दिन बन्द भइसकेको अवस्था थियो । अस्पताल चलाउनकै लागि बजारबाट २० देखि २४ प्रतिशत ब्याजमा ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता थियो । त्यही बेला मसहितको समूह समाज प्रवेश गरेका हौं । अहिले ६९ करोड इक्विटी छ । सञ्चालन घाटा २१ करोडमा झारेका छौं । अस्पतालको लोकेसनका कारण बिरामी कम आउने लगायत समस्या भएको हो ? त्यो समस्या छ । तर पछिल्लो समय यसमा सुधार हुँदै गएको पनि छ । सेवाग्राहीलाई अस्पताल कहाँ छ, कस्तोखाले अस्पताल हो, त्यहाँबाट के कस्तो सेवासुविधा लिन सकिन्छ भन्ने थाहा नहुन्जेल यस्तो खालको समस्या हुन्छ । तर ती सबै थाहा भएपछि स्वाभाविक सेवाग्राही आउँछन् । अस्पतालमा बिरामीको आकर्षण कस्तो छ ? कहाँ कहाँबाट आउँछन् सेवाग्राही ? हामी यहाँ प्रवेश गरेकै समयमा कोरोना महामारी आयो । त्यही बेला पीसीआर परीक्षणको शुरुआत गर्‍यौं । कोरोना उपचारमा हामीले अग्रणी भूमिका निर्वाह गर्दै आयौं । कोरोना महामारीका कारण स्टार अस्पताल भन्नेबित्तिकै धेरै मानिसको बीचमा चिनियौं । भक्तपुर, बनेपा, धुलिखेल, रामेछाप, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा लगायत जिल्लाका साथै कोभिडको समयमा नेपालगञ्ज, पोखरा र भैरहवाबाट हेलिकोप्टरमा समेत बिरामी आउने अवस्था बन्यो । हामी पछिल्लो समय कोरोना उपचार गर्ने अस्पतालको रूपमा पनि चिनियौं । डेल्टा भेरियन्ट आउँदा कतिपय बिरामीलाई यहाँ ठाउँ नभएर अन्य अस्पताल जानुपर्ने अवस्था पनि आयो । कोरोनाका कारण हुने मृत्यदरमा स्टार अस्पतालको निकै न्यून करीब ४ प्रतिशत मात्र छ । अस्पतालमा उपचारका के कस्ता सेवा सुविधा छन् ? अर्थोपेडिक अन्तर्गत टीकेआर र टीएचआर जस्ता सुविधा दिएका छौं । ग्यास्ट्रोको ठूला शल्यक्रिया गरेका छौं, जुन सबै अस्पतालमा उपलब्ध छैन । नेपालमै नमूनाका रूपमा विश्वकै उत्कृष्ट ब्राण्डको जीआई इक्वीपमेन्टसहित डाक्टर ईश्वरीलाल आचार्यको नेतृत्वमा जीआई सेन्टर खडा गरेका थियौं । दुर्भाग्यवश उहाँको कोरोनाका कारण निधन भयो । होटल क्षेत्रलाई जस्तै अस्पतालहरूलाई पनि स्टार दिने चलन भइदिएको भए योे अस्पताललाई तीन अथवा चार स्टार दिन्थेँ होला । किनभने हामीले अझै धेरै काम गर्न बाँकी छ । स्टार अस्पतालले सर्वसाधारणलाई शेयर बेच्ने कुरा थियो । यसमा पछिल्लो प्रगति के छ ? स्थापनाको शुरुआती अवस्थामा केही समय यो अस्पताल प्राइभेट लिमिटेड कम्पनी थियो । पछि शेयर सदस्यको संख्या बढ्दै गएपछि ३६० शेयर सदस्यसहित पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो । अब यसलाई सामुदायिक अस्पताल बनाउने उद्देश्यले ३ हजार ४०० भन्दा बढी शेयर सदस्य आबद्ध गराएका छौं । आईपीओ जारी गरेर सर्वसाधारणलाई शेयर बेच्न ३ वर्ष नाफाको ब्यालेन्ससीट हुनुपर्छ । अहिले यो वर्ष भर्खरै नाफाको ब्यालेन्ससीट आएको छ । यस हिसाबले आव २०७९/८० सम्ममा आईपीओ जारी गर्ने अवस्थामा पुग्छौं । कम्तीमा १५ देखि बढीमा २० प्रतिशतसम्म आईपीओ जारी गर्ने भन्ने हाम्रो योजना हो । सरकारी नीति, नियम लगायत कारण अस्पताल सञ्चालनमा केही समस्या छ कि ? सुधार गर्नुपर्ने ठाउँ देख्नुहुन्छ ? आजको दिनमा सरकारले निजीक्षेत्रमार्फत सञ्चालित अस्पताललाई केही उदारता देखाउनुपर्छ भन्ने मेरो मान्यता छ । सरकारले एकातिर खुला बजार अर्थतन्त्रको कुरा गर्छ भने अर्कातिर बजार हस्तक्षेप पनि गर्न खोज्छ । अस्पतालले सबै जनताको पहुँच पुग्ने खालको सेवा, सुविधा दिनुपर्छ भन्ने सरकारको जुन धारणा छ, त्यसमा निजीक्षेत्रका अस्पतालले पनि त्यस्तो सुविधा दिनुपर्छ । तर विभिन्न किसिमका शुल्कमा सरकारले नियन्त्रणकारी दर तोकिदिएको छ । त्यो खुला बजार अर्थतन्त्रलाई सहयोग गर्ने खालको भएन । स्वास्थ्य बीमाको सुविधा विस्तार भएमा केही राम्रो हुन्छ कि ? यसमा के सुधार आवश्यक छ ? यो भयो भने त राम्रो हो । सरकारले पनि स्वास्थ्य बीमाबारे जनस्तरमा चेतना जगाउन जरुरी छ । म स्वस्थ छु, मैले किन बीमा गर्ने भन्ने खालको सोच आममानिसमा अझै छ । स्वास्थ्य बीमाका फाइदाबारे सरकारले जनतालाई सुसूचित गर्नुपर्छ । जनताले पनि मेरो व्यक्तिगत फाइदाका लागि हो भनेर बुझ्नुपर्दछ । नेपाललाई मेडिकल टुरिजमको गन्तव्य बनाउन सकिन्छ भन्ने बहस पनि बेला बेला हुने गर्छ । यो सम्भव छ ? हो, यो सम्भव छ । हामीकहाँ राम्रो र दक्ष डाक्टरको अभाव छैन । कुनै कुनै सेवासुविधा विदेशमा भन्दा नेपालमा धेरै सुलभ र सहज छन् । हाल नेपालमा पनि गर्भ र प्रजनन सम्बन्धी समस्या समाधानका राम्रा सुविधा छन् । यसका लागि बेलायतबाट समेत नेपालमा आएर गरिएका उदाहरण छन् । यस्ता केही सेवा छन्, जसमा विदेशबाट सेवाग्राही तान्न सकिन्छ भन्ने मलाई लाग्छ । अहिले पनि भारतबाट ठूलो संख्यामा मानिस उपचार गर्न आउँछन् । यसलाई पनि एउटा सम्भावनाका रूपमा लिनुपर्छ ।

कृषि विकास बैंक र सिभिल अस्पताल बीच सम्झौता

असार २३, काठमाडौं । कृषि विकास बैंक र निजामति अस्पताल(सिभिल) परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्वन्धमा  बुधवार एक समारोहका बीच सम्झौता भएको छ ।  आगामी १० वर्षका लागि भएको  उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन्  । अस्पताल परिसरमा उक्त सेवा आगामी साउन महीनादेखि सञ्चालन हुने छ । उक्त सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख  गिरिधारी पौडेल, वाग्मति प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल,कृषि विकास बैंक नयाँ बानेश्वर शाखाका प्रबन्धकरमेश रावल, गट्ठा्घरका प्रबन्धक खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो । त्यसैगरीअस्पतालको तर्फबाट लेखा शाखाका प्रमुख चुडामणी गौतम, कर्मचारी यूनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेल र अन्य कर्मचारीहरुको  उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निजामति अस्पतालका उप–सचिव भोला चापागाईले गरेका थिए ।

कोसी अस्पताल परिसरमा आगलागी

विराटनगर / कोसी अस्पताल विराटनगर परिसरभित्र थुपारिएको फोहोरमा आगलागी भएपछि दमकल बोलाउनुपरेको छ । कोरोना सङ्क्रमितका लागि राख्ने आइसोलेसन वार्डसँगै रहेको खाली स्थानमा थुपारिएको फोहोरमा आगलागी भएपछि दमकल बोलाउनुपरेको हो । एक्कासि आगोको मुस्लो बढेपछि अस्पताल आउने सेवाग्राही त्रसित बनेका थिए । कोसी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार तला थप गर्नका लागि माथिल्लो... The post कोसी अस्पताल परिसरमा आगलागी appeared first on Purbeli News.

सेनाजस्तै स्वास्थ्य क्षेत्र - Naya Patrika

उपचारका क्रममा बिरामीको मृत्यु हुने । अस्पतालमा आउने सेवाग्राही र चिकित्सकबीच मतभेद मात्रै नभएर हातपातसम्म हुने । यी परिदृश्य सामान्य बन्न थालेका छन् । डाक्टर लोचन कार्की एक वर्षअघि नेपाल...पूरा पढ्नुहोस् »

क्लिनिकभित्रै किशोरीलाई जबर्जस्ती गर्न खोज्ने हृदयनारायण डाक्टर नभएको पुष्टि

राजविराज– क्लिनिकमै सेवाग्राही किशोरीलाई बलात्कार गर्न खोज्ने राजविराज १ पडरियाका हृदयनारायण झा नक्कली डाक्टर भएको खुलेको छ। नेपाल र भारतमा औषधि पसल र क्लिनिकमा काम गरेको आधारमा उनले...