कृषि विकास बैंक र सिभिल अस्पताल बीच सम्झौता

असार २३, काठमाडौं । कृषि विकास बैंक र निजामति अस्पताल(सिभिल) परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्वन्धमा  बुधवार एक समारोहका बीच सम्झौता भएको छ ।  आगामी १० वर्षका लागि भएको  उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन्  । अस्पताल परिसरमा उक्त सेवा आगामी साउन महीनादेखि सञ्चालन हुने छ । उक्त सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख  गिरिधारी पौडेल, वाग्मति प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल,कृषि विकास बैंक नयाँ बानेश्वर शाखाका प्रबन्धकरमेश रावल, गट्ठा्घरका प्रबन्धक खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो । त्यसैगरीअस्पतालको तर्फबाट लेखा शाखाका प्रमुख चुडामणी गौतम, कर्मचारी यूनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेल र अन्य कर्मचारीहरुको  उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निजामति अस्पतालका उप–सचिव भोला चापागाईले गरेका थिए ।

सम्बन्धित सामग्री

कृषि विकास बैंक र सिभिल अस्पताल बिच सम्झौता

कृषि विकास बैंक र निजामति अस्पतालबीच सम्झौता भएको छ । सम्झौतासँगै निजामति अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको विलिङ काउन्टर सञ्चालन आउने भएको छ ।आगामी १० वर्षका लागि भएको उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे […]

निजामती अस्पतालमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

नयाँ बानेश्वरस्थित निजामती (सिभिल) अस्पताल परिसरमा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर तथा एटिएम सेवा सञ्चालनमा आउने भएको छ।