अस्पतालकाे भिडियो एक्सरे र सिटिस्क्यान सेवा डेढ महिनादेखि ठप्प, मन्त्रालयले दिएन चासो

रेडियोलोजिस्ट पठाउन गजेन्द्रनारायण सिंह अस्पतालले पटक-पटक पत्राचार गरेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चासो दिएको छैन। रेडियोलोजिस्ट डाक्टर नहुँदा  भिडियो एक्सरे र सिटिस्क्यान सेवा पछिल्लो डेढ महिनादेखि ठप्प हुँदा सेवाग्राही मर्कामा परेका...

सम्बन्धित सामग्री

चिकित्सकको सरुवा भएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा नै बन्द

सप्तरीको महदेवा गाउँपालिकाका ५० वर्षीय शिवादेव मण्डल मोटरसाइकलबाट लडेर छातीमा चोट लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगे। अस्पतालमा जाँच गराउँदा चिकित्सकले छातीको ‘सिटिस्क्यान’ गर्नुपर्ने सुझाए।  तर, स्वास्थ्य बिमाको कार्ड...

वीपी प्रतिष्ठानमा उपकरण नहुँदा बिरामी बाहिर जान बाध्य

कात्तिक २९, धरान । टाउकोको समस्याबाट पीडित धनकुटाका उत्तम भट्टराई केही दिनअघि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए ।  उनलाई उपचारमा संलग्न चिकित्सकले एमआरआई गर्न लेखेर दिए । बिल काट्न जाँदा कर्मचारीले एमआरआई बिग्रेको एक वर्ष भएको जानकारी दिए । एमआरआई बिग्रेकै कारण उनले विराटनगर पुगेर जाँच गराए ।  त्यस्तै धरान १४ का वीरेन्द्र खनालले पनि एमआरआई विराटनगर नै पुगे । प्रतिष्ठानमा ८ हजारमा हुने एमआरआई विराटनगरमा गएर साढे १२ हजारमा गराउन उनी बाध्य भए । त्यसको अलावा बिरामी बोकेर विराटनगर आउँजाउँमै पनि थप १० हजार रुपैया जति खर्च भयो । प्रतिष्ठानमा पछिल्लो पटक भिडियो एक्स–रे गर्न जाँदा समेत हैरानी व्यहोर्नु परेको गुनासो गरे ।  दक्षिण एसियाकै उत्कृष्ठ मानिएको प्रतिष्ठानामा बिरामीको जाँच गर्ने अत्यावश्यक उपकरण नहुँदा उपचारमा हैरानी व्यहोर्नु परेको छ । प्रतिष्ठानमा उपचारका लागि आकस्मिक तथा ओपिडीमा दैनिक जसो ३ हजारसम्म बिरामी आउने गर्छन् । बिरामीले विशेष किसिमको चेकजाँच भिडियो एक्सरे, अल्ट्रासाउण्ड गर्न महीना दिनको पालो पर्खनु पर्छ भने एमआरआई गर्न त बाहिरनै जानु पर्ने अवस्था छ ।  यति ठूलो अस्पतालमा एउटा एमआरआइ मेसिन नभएकाले विराटनगर नै जानुपर्ने बाध्यता प्रति धनकुटाका भट्टराई रुष्ट भए । उनी भन्छन्, ‘एमआरआई जस्तो अति सम्वेदनशील उपकरण प्रतिष्ठानमा नहुनु विडम्बना हो, यहाँको व्यवस्थापनले यसलाई किन चासो नदिएको बुझ्न सकिएन ।’  धरानका खनाल भन्छन्, ‘उत्कृष्ट अस्पताल भनेर टाढाटाढाबाट बिरामी उपचारमा आउँछन् तर यहाको उपचार गुणस्तरीय नै छैन, चिकित्सकले एमआरआई, भिडियो एक्स रे गरेर आइज भन्छ, एमआरआई मेसिन बिग्रिएका कारण वीपीमा हुनै सक्दैन भने भिडियो एक्सरे गर्न पनि एक महीना भन्दा लामो समय तोकिदिन्छ ।’ बिरामीको अवस्था अत्यन्तै नाजुक भइसकेको समयमा एक महिनासम्म बिरामीको भिडियो एक्सरे नहुँदा समस्या हुने उनी बताउँछन् ।  प्रतिष्ठानमा एमआरआई नभएको, भिडियो एक्स रे तथा सिटिस्क्यान जस्ता अत्यावश्यक उपकरण समय समयमा बिग्रिने गरेको भन्दै विभिन्न समयमा प्रतिष्ठानका कर्मचारीहरुले आन्दोलनमै उत्रने गरेका छन् ।  बिरामीले सास्ती भोग्न थाले पछि गत वैसाखमा धरानका नागरिक समाज लगायत राजनीतिक दलहरुले प्रतिष्ठानको ध्यानाकर्षण समेत गराएका थिए । व्यवस्थापन पक्षबीच एमआरआइ बिग्रिएको विषयमा छलफल हुँदा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक महीनाभित्रमा उपकरण मर्मत गर्ने प्रतिबद्धता जनाएका थिए । तर अहिलेसम्म पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।  एमआरआई लगायत चेकजाँच गर्ने उपकरण बिग्रिदा एकातिर सर्वसाधारणले हैरानी व्योहोर्नु परेको छ भने अर्कोतर्फ प्रतिष्ठानको आम्दानी समेत गुमाउँदै आएको छ । धरानका गोपिधन राई भन्छन्, ‘एमआरआई बिग्रिदा सर्वसाधारणले त दुःख पाए पाए, प्रतिष्ठानको समेत आम्दानी मरेको छ, यसतर्फ व्यवस्थापनपक्षले चासो दिन नसक्नु आश्चर्यको कुरा हो ।’ धेरैले त प्रतिष्ठानमा बिग्रिएको उपकरण नयाँ नआउनुमा प्रतिष्ठानकै कर्मचारी दोषी भएको बताउँछन् । मर्मत सम्भारका नाममा रकम अपचलन गर्न सहज हुने भएकाले उपकरण नल्याई मर्मत सम्भार गरिरहने परम्परा रहेको उनको आरोप छ ।  आकस्मिक कक्षमा चौबिसै घण्टा दुरुस्त राख्नुपर्ने सिटिस्क्यान बिग्रेको एक हप्ता भएको त्यहा कार्यरत एक सुरक्षाकर्मीले बताए । उनले भने, ‘आकस्मिक कक्षभित्र सञ्चालन भएको सिटिस्क्यान बिग्रेको एक हप्ता भयो, अहिलेसम्म सुचारु भएको छैन, बिरामीले धेरै सास्ती व्यहोर्नु परेको छ ।’ एमआरआई, सिटिस्क्यान लगायतका टेष्ट गर्ने दैनिक ३०० भन्दा बढी बिरामी हुने गरेको अस्पताल स्रोतले बताएको छ । दैनिक लाखौं रुपैयाँ यी उपकरणबाट नै प्रतिष्ठानलाई आम्दानी हुने गर्छ । वर्षमा दुई महीनाभन्दा बढी सिटिस्क्यान नचल्ने, एमआरआई एक वर्षभन्दा बढीदेखि सञ्चालन नहुदा प्रतिष्ठानमा आएका बिरामीले हैरानीमात्र व्यहोर्नु परेको छैन आम्दानी समेत गुमेको चिकित्सकहरु नै बताउँछन् ।  प्रतिष्ठानले एमआरआई मेसिन खरीद प्रक्रिया अघिल्लो वर्षनै गरेको थियो । तर लामो समय प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले प्रमुख पदाधिकारीको कक्षमा तालाबन्दी गरिएकाले प्रक्रिया रोकिएको प्रतिष्ठानका सहप्रवक्ता चुरामनी निरौलाले बताए । उनका अनुसार आन्दोलनका कारण लामो समय कक्ष बन्द हुँदा समयमै खरीद गर्न नसकिएको उनको भनाइ छ ।

भरतपुर अस्पताल रेडियोलोजी विभाग, जिम्मेवार छैनन् चिकित्सक

भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ । दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।  अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ ।अस्पतालको ‘सिटिस्क्यान’ र ‘भिडियो एक्सरे’सँग सम्बन्धितलाई रेडियोलोजी विभागले हेर्दै आएको छ । एक्सरेलगायतका अन्य सेवा फरक विभागबाट हेरिँदै आएको छ । दुर्घटनाका घाइते, प्रसूति, एपेन्डिक्स जस्ता अत्यावश्यक सेवाका रेडियोलोजी विभागमा ब