नेपालले सात महिनामा आयात गर्यो साढे ५५ अर्बभन्दा बढीको कच्चा पाम, भटमास र सनफ्लावर तेल

काठमाडौं, १४ फागुन। नेपालले पछिल्लो सात महिनामा विभिन्न देशबाट ५५ अर्ब ६५ करोड २९ लाख ९६ हजार रुपैयाँको कच्चा पाम, भटमास र सनफ्लावर तेल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि माघ मसान्तसम्मको अवधिमा उक्त कच्चा तेल नेपाल भित्रिएको हो।नेपालले अर्जेन्टिना, ब्राजिल,युक्रेन, इन्डोनेसिया लगायतका देशबाट कच्चा पाम,भटमास र सनफ्लावर तेल ल्याई प्रशाधन गरेर विभिन्न देशमा निर्यात गर्दै आएको छ।

सम्बन्धित सामग्री

भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

एजेन्सी – भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन […]

शुद्ध तेल चिन्ने कसरी ?

हाम्रो खानेकुरामा तेल अनिवार्य जस्तै नै हुन्छ । तोरी, भटमास र सूर्यमुखीको तेल भान्सामा धेरै खपत हुन्छन् । जैतुनको तेल अर्थात् ओलिभ आयल पनि केही मात्रामा प्रयोग हुने तेलमा पर्छ । खानेकुरामा तेल प्रयोग गरिरहँदा यो कति स्वास्थ्यवद्र्धक छ भन्नेमा भने हामीमध्ये धेरैले चासो दिएका हुँदैनौं । कुनै पनि तेलले बेफाइदा त गर्दैन तर कति […]

पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो । सो अवधिमा कुल १७ अर्ब ७० […]

साउन महिनामा ६ अर्बको भटमास तेल आयात

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब रुपैयाँभन्दा बढीको भटमास तेल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा उक्त मूल्य बराबरको भटमास तेल आयात भएको हो ।यसअवधिमा, २ करोड ६० लाख लिटर कच्चा भटमास तेल भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, आयातकर्ताले उक्त परिमाण बराबरको तेल आयात गर्दा राज्यलाई १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजश्व बुझाएका छन् ।यसअवधिमा नेपालले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इटाली, भियतनाम, अमेरिका र भियतनामबाट कच्चा भटमास तेल भित्

एघार महिनामा एक खर्बभन्दा बढीको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको हो । सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्

दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । न

नेपालमा एक वर्षमा करिब ७७ अर्बको कच्चा भटमास, पाम र सनफ्लावर तेल कहाँबाट आयो ?

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल भित्रिएको छ। भन्सार विभागका अनुसार नेपालमा अर्जेन्टिना, युक्रेन, ब्राजिल, चीन, इन्डोनेसिया, पराग्वे, रुस, स्वीट्जरल्याण्ड, टर्की, मलेसिया र पपुवान्युगिनी गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आएको छ।सबैभन्दा बढी कच्चा तेला अर्जेन्टिना र युक्रेनबाट आउने गरेको छ।

एक वर्षमा करिब ७७ अर्बको भटमास, सनफ्लावर र पाम कच्चा तेल नेपाल भित्रियो

काठमाडौं।गत आर्थिक वर्षमा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको भटमास,सनफ्लावर र पाम कच्चा तेल भित्रिएको छ।भन्सार विभागकाअनुसार ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तेल,१६ अर्ब २४ करोड ८६ लाख ८१ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७ अर्ब २३ करोड ४८ लाख ८० हजार रुपैयाँको कच्चा पाम तेल नेपाल भित्रिएको हो।