नेपालले पाँच महिनामा आयात गर्यो ४१ अर्ब २९ करोडभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लवार तेल

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा ४१अर्ब २९करोड७०लाख रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लवार तेल आयात गरेको छ। भन्सार विभागका अनुसार गत साउनदेखि मंसिरसम्मा २०अर्ब ६८करोड २लाख रुपैयाँको कच्चा भटमास तेल, १४अर्ब३३करोड७०लाख रुपैयाँका कच्चा पामतेल र ६अर्ब२७करोड९७लाख रुपैयाँका कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ। अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेसिया लगायतका देशबाट नेपालमा तेल आउने गरेको छ।

सम्बन्धित सामग्री

इन्डोनेसियामा हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडान

इन्डोनेसियाको राष्ट्रिय झण्डावाहक एअरलाइन्स गरुडा एअरले हवाई इन्धनमा पाम तेल मिसाएर सफलतापूर्वक उडान गरेको छ ।इन्डानेसियाले पाम तेल मिसाएर सफलतापूर्वक यात्रुवाहक उडान गरेको यो पहिलो पटक भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एक सय जनाभन्दा धेरै यात्रु बोकेर विमान बान्टेन प्रान्तको सोकरनो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै पाँच सय ५० किलोमिटर टाढाको आदि सोमारमो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।गरुडा इन्डोनेसिया एअरका अध्यक्ष निर्देशक इरफान सेतियापुत्रले हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडा...

पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो । सो अवधिमा कुल १७ अर्ब ७० […]

भन्सार छली १२ सय लिटर पाम तेल : चार जना पक्राउ

वीरगंज : बारा प्रहरीले भारी मात्रामा भन्सार छली गरी तस्करी गरी भित्रिएको १२ सय लिटर पाम तेल बरामद गरेको छ। तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनायो। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं १५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, निजका भाइ वर्ष २० का…

एघार महिनामा एक खर्बभन्दा बढीको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको हो । सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्

इण्डोनेसियाले प्रतिबन्ध हटाएपछि सोमबारबाट नेपालमा पनि पाम तेल आयात हुने

६ वैशाख, काठमाडौं । इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको पाम तेलको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता मुलुक इण्डोनेसियाले निर्यात खुला गर्ने निर्णय गरेको हो । आफ्नै मुलुकमा तेलको मूल्य उच्च भएपछि गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेल निर्यात रोकेको थियो । आगामी सोमबारबाट इण्डोनेसियाको पाम तेल निर्यात खुला हुने बीबीसीले जनाएको छ […]

इण्डोनेसियाले पाम तेल निर्यात प्रतिबन्ध सोमबारदेखि हटाउने

इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ। इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गर्दै यस निर्णयले विश्वमा खाद्य तेलको पूर्ति गर्न मद्दत पुग्ने बताए।युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएको छ। प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब एक करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा सोमबारदेखि तेल निकासी सुरु गर्ने निर्णय गरेको बताए।इण्डोनेसिया विश्वमा पाम तेलको सबै

इन्डोनेसियाली नीतिले नेपाली पाम तेल उद्योग प्रभावित

२६ माघ, काठमाडौं । कच्चा पाम तेलको निर्यातमा कडाइ गर्ने इन्डोनेसिया सरकारको नीतिले नेपाली पाम तेल उद्योगहरु प्रभावित भएका छन् । कच्चा पाम तेलको प्रमुख निर्यातक मध्येको एक मुलुक इन्डोनेसियाले लाइसेन्समार्फत मात्रै पाम तेल निर्यात गर्ने नीति अघि सारेको र नयाँ लाइसेन्स जारी नगर्दा आयात रोकिएको नेपाल वनस्पती घिउ तेल उत्पादक संघले जनाएको छ । […]

नेपालमा एक वर्षमा करिब ७७ अर्बको कच्चा भटमास, पाम र सनफ्लावर तेल कहाँबाट आयो ?

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल भित्रिएको छ। भन्सार विभागका अनुसार नेपालमा अर्जेन्टिना, युक्रेन, ब्राजिल, चीन, इन्डोनेसिया, पराग्वे, रुस, स्वीट्जरल्याण्ड, टर्की, मलेसिया र पपुवान्युगिनी गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आएको छ।सबैभन्दा बढी कच्चा तेला अर्जेन्टिना र युक्रेनबाट आउने गरेको छ।

एक वर्षमा करिब ७७ अर्बको भटमास, सनफ्लावर र पाम कच्चा तेल नेपाल भित्रियो

काठमाडौं।गत आर्थिक वर्षमा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको भटमास,सनफ्लावर र पाम कच्चा तेल भित्रिएको छ।भन्सार विभागकाअनुसार ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तेल,१६ अर्ब २४ करोड ८६ लाख ८१ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७ अर्ब २३ करोड ४८ लाख ८० हजार रुपैयाँको कच्चा पाम तेल नेपाल भित्रिएको हो।