भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

एजेन्सी – भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन […]

सम्बन्धित सामग्री

खानेतेल निकासीमा उच्च गिरावट

काठमाडौं  । नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट खानेतेलको निकासी निकै घटेको देखाएको हो । उक्त अवधिमा सबैभन्दा बढी ९१ दशमलव २ प्रतिशतले सूर्यमुखी तेल निकासी घटेको छ । गत आवको साउन–माघमा नेपालबाट २ अर्ब ६३ करोड ९७ लाख रुपैयाँको सूर्यमुखी तेल निकासी भएकोमा यो वर्ष सोही अवधिमा २३ करोड २८ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । भटमास तेलको निकासीमा ७७ दशमलव ५ प्रतिशतले कमी आएको छ । पोहोर साउन–माघमा ३६ अर्ब ८५ करोड ३४ लाख रुपैयाँको भटमास तेल निकासी भएकोमा यसपालि ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँको मात्रै निकासी भएको छ । त्यसैगरी पाम तेलको निकासी ३४ अर्ब १५ करोड ५५ लाख ६४ हजार रुपैयाँबाट १३ अर्ब ९२ करोड ६७ लाख ३० हजार रुपैयाँमा ओर्लेको छ । यो ५९ दशमलव २ प्रतिशतको गिरावट हो । पछिल्लो समय भारतले तेल आयात नीति फेर्दै सोको आयातमा लाग्दै आएको शुल्क घटाएपछि नेपालबाट तेल निर्यात घटेको उद्योगी मनोज तापडियाले बताए । केही अघिसम्म कच्चा तेल उत्पादकलाई संरक्षण गर्ने नीतिअनुरूप भारतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) बाहेकका मुलुकबाट कच्चा तेल आयात गर्दा ४० प्रतिशतसम्म शुल्क लिन्थ्यो । साफ्टा क्षेत्रका मुलुकबाट खानेतेल आयात गर्दा साफ्टा सुविधाअन्तर्गत ५ प्रतिशतमात्र शुल्क तिरे पुग्थ्यो । भन्सार शुल्कमा रहेको उक्त अन्तरको फाइदा लिन नेपाली उद्योगीले विदेशबाट कच्चा खानेतेल आयात गरी प्रशोधन गरेर भारत निकासी गर्दै आएका थिए । नेपाली उद्योगीले अर्जेन्टिना, ब्राजिल, इन्डोनेशिया र युक्रेनलगायत मुलुकबाट कच्चा भटमास र पाम तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्ने हुन् । पछि भारतले आन्तरिक बजारमा मूल्य नियन्त्रण गर्ने उद्देश्यले कच्चा तेलको आयातमा लिने भन्सार शुल्क ४० बाट २ दशमलव ५ प्रतिशतमा झारेपछि त्यहीँका उद्योगीले कच्चा तेल आयात गरी प्रशोधन गर्न थालेका छन् । फलस्वरूप नेपालबाट हुने निर्यात घटेको तापडियाको भनाइ छ । नेपाल दाल, तेल तथा चामल उद्योग संघका उपाध्यक्ष नरेश राठी भारतले तेल आयात नीति परिमार्जन गरेपछि नेपालबाट हुने तेल निर्यातमा उच्च गिरावट आएको बताउँछन् ।