चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको हो । सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्