दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । न

सम्बन्धित सामग्री

भटमासको तेल निकासी दुई अर्बबाट ३५ हजारमा

काठमाडौं– नेपालको निर्यात बजारमा आधा दशक दबदबा रहेको भटमासको तेलको निकासी दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा जम्मा ३५ हजार रुपैयाँको भटमासको तेल निकासी भएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोडको भटमास तेल निकासी भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवमा […]

साउन महिनामा ६ अर्बको भटमास तेल आयात

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब रुपैयाँभन्दा बढीको भटमास तेल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा उक्त मूल्य बराबरको भटमास तेल आयात भएको हो ।यसअवधिमा, २ करोड ६० लाख लिटर कच्चा भटमास तेल भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, आयातकर्ताले उक्त परिमाण बराबरको तेल आयात गर्दा राज्यलाई १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजश्व बुझाएका छन् ।यसअवधिमा नेपालले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इटाली, भियतनाम, अमेरिका र भियतनामबाट कच्चा भटमास तेल भित्

यी हुन् सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तु

नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यान्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरिने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी रकम खर्चेर आयात गरेका वस्तुमा पर्छन्– डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा भटमास तेल, फलाम, मोबाइल फोन, कच्चा पाम तेल, खोप, कोइला र सुन । नेपालले पछिल्लो दश महिनामा यी दश वस्तु आयात गर्न ४ खर्ब ८८ अर्ब ७६ करोड

निर्यात हुने प्रमुख वस्तु भटमासको तेल, निकासी पाँच गुणा बढी

वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा पाँच गुणा बढी मूल्यको भटमास तेल भारत निकासी भएको देखिएको छ।