राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

२० जेठ, पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त […]

सम्बन्धित सामग्री

हाम्रो समर्थन गठबन्धनलाई, एमालेको दाबी असंवैधानिक : पियारी थापा

गोरखा : राष्ट्रिय जनमोर्चा (राजमो)को संसदीय दलकी नेता पियारी थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तापक्ष (एमाले) लाई आफ्नो पार्टीको समर्थन नरहेको बताएकी छन्। एमालेका सांसद पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्रीको दाबी गर्नु अवैधानिक भएको भन्दै उनले आफ्नो समर्थन विपक्षी गठबन्धनलाई रहेको बताएकी हुन्। उनले भनिन्, ‘राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको समर्थन विपक्षी गठबन्धनलाई रहेको र कृष्ण थापा सांसद पदबाट मुक्त भइसकेको अवस्थामा जनमोर्चाको समर्थनसहित एमाले संसदीय दलको नेताले प्रदेश प्रमुखलाई दिएको पत्र अवैधान...

फेरि कारबाही गरिनु असंवैधानिक : कृष्ण थापा

गोरखा : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा दिएको मुद्दाको अन्तिम किनारा नलाग्दै आफूमाथि पुन कारबाही हुनु असंवैधानिक कदम रहेको तर्क गरेका छन्।अदालतमा विचाराधीन मुद्‍दाउपर पुन: कारबाही हुन नसक्ने भन्दै उनले आफूमाथि भएको कारबाहीलाई नाटकको संज्ञा दिए।उनले थाहाखबरसँग टेलिफोनमा छोटो कुराकानी गर्दै भने, ‘ अदालतमा विचाराधीन रहेको त्यही मुद्दामा फेरि कारबाही गर्नु असंवैधानिक कदम हो। त्यै पनि खै के नाटक हो? मैले त्यती बुझेको छैन।’प्रदेशसभाका सभामुखले कार

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । शनिबारको बसेको केन्द्रीय बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

पार्टीको विवाद मिलाउन नसकेपछि ओलीले संसदलाई दाउ लगाए : पौडेल

तिलक थापा, बागलुङ । ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ बुर्तिबाङमा राष्ट्रिय जनमोर्चाको विरोधसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि दुर्गा पौडेलले सम्बोधन गर्दै जनताबाट झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको सरकारले संसद् विघटन गर्नु प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदम भएको बताउनु भएको छ । पार्टीको आन्तरिक कलहलाई मिलाउन नसकी आफ्नो पद र कुर्सी जोगाउन जनताको भावनामाथि खेलवाड गरिएको भन्दै उहाँले संसद्लाई दाउ बनाएर कानुन विपरीत संसद् भंग गर्नु असंवैधानिक कदम भएकाले यसको विरोध गर्न र संसद् पुनर्स्थापनाका लागि आम नेपाली जनता संघर्षमा होमिनुपर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा विशेष अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तथा प्रदेश मामिला सभापति एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा, अतिथिहरु राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य तथा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले मन्तव्य राख्नु भएको थियो । राष्ट्रिय जनमोर्चाको देशव्यापी विरोध कार्यक्रमको सिलसिलमा आयोजित उक्त विरोध सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म बहादुर कुँवर, सल्लाहकार गौरीश्वर पाण्डे, बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला समितिका सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि तथा सदस्यहरु, पार्टी कार्यकर्ता, पत्रकार, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सदस्य एवं ढोरपाटन नगर कमिटीका अध्यक्ष दिपक थापाको अध्यक्षता, अखिल नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष दुर्गा बहादुर भण्डारीको स्वागत मन्तव्य र अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य युवराज महतको संचालनमा सम्पन्न भएको थियो ।

गण्डकी प्रदेश सांसद कृष्ण थापाको गाडीमा तोडफोड गर्नेमाथि कारबाही गर्न माग

बागलुङ । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेश सांसद एवम् प्रदेश मामिला सभापति कृष्ण थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । राजमो बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापाले एक विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्दै संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो । राष्ट्रिय जनमोर्चाका परिषद सदस्यसमेत रहेका थापा चढेको ग१झ३७१ नम्बरको गाडी पुस १७ गते योजना अनुगमनका क्रममा बरेङ गाउँपालिकाको साग्दीमा राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति पुर्याइएको थियो । राजमो बरेङ गाउँपालिकाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एवम् गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा यस बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा यसै गाउँ पालिकाको वडा न. ५ सुखौरा देखी वडा न. ४ सल्यान हुँदै वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग१ झ३७१ न. को गाडी राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षतिग्रस्त गराएको घटना प्रति राजमो बरेङ गाउँ समिति खेद तथा निन्दा प्रकट गर्दै अपराधिक गतिविधिमा संलग्न समूह वा व्यक्तिको अनुसन्धान गरि तत्काल कानुनी कार्वाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’ त्यस्तै, राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले पनि सांसद थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न माग गरेको छ । राजमो जैमिनी नगर समितिका अध्यक्ष दिल बहादुर श्रीसले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छः ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एबम गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा बरेङ गाउँपालिका वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग.१ झ.३७१ न.को गाडी राती पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति ग्रष्त गराएको घटना प्रति रा.ज.मो. जैमिनी नगर समिति खेद तथा निन्दा ...