हाम्रो समर्थन गठबन्धनलाई, एमालेको दाबी असंवैधानिक : पियारी थापा

गोरखा : राष्ट्रिय जनमोर्चा (राजमो)को संसदीय दलकी नेता पियारी थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तापक्ष (एमाले) लाई आफ्नो पार्टीको समर्थन नरहेको बताएकी छन्। एमालेका सांसद पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्रीको दाबी गर्नु अवैधानिक भएको भन्दै उनले आफ्नो समर्थन विपक्षी गठबन्धनलाई रहेको बताएकी हुन्। उनले भनिन्, ‘राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको समर्थन विपक्षी गठबन्धनलाई रहेको र कृष्ण थापा सांसद पदबाट मुक्त भइसकेको अवस्थामा जनमोर्चाको समर्थनसहित एमाले संसदीय दलको नेताले प्रदेश प्रमुखलाई दिएको पत्र अवैधान...