बुटवल- दुर्गम पहाडी जिल्लाका अस्पतालहरुमा चिकित्सक पठाउन लुम्बिनी प्रदेश सरकारले अतिरिक्त सुविधा दिने प्रस्ताव गरेको छ। लुम्बिनी प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकहरुको चरम अभाव भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव गरेको हो। त्यसका लागि मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा स्वीकृतिको लागि पठाएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका […]