आजबाट कोरोनाविरुद्धको अतिरिक्त खोप दिन सुरु

२० पुस, काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट अतिरिक्त डोज दिन सुरू गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप […]

सम्बन्धित सामग्री

कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान सञ्चालनमा अन्योल

काठमाडौं । आजदेखि सुरु गर्ने भनिएको कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान सञ्चालनमा समस्या देखिएको छ । सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई आजदेखि अतिरिक्त खोप दिने बताएको थियो । अभियान सञ्चालनका लागि सरकारले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताएको थियो । तर, खोप सञ्चालन गर्ने स्थानीय […]

जेष्ठ नागरिकलाई आजदेखि अतिरिक्त खोप

सरकारले कोरोनाविरुद्ध पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई आजदेखि थप खोप (अतिरिक्त मात्रा) लगाउँदैछ । खोपका तीनवटै मात्रा लिएको ३ महिना पुगेका र चीनमा निर्मित भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त खोप लगाउन लागेको हो । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण आउन सक्ने अर्को लहरको जोखिमबाट बच्न विज्ञहरूले बुस्टर डोज आवश्यक रहेको बताइरहेका बेला सरकारले ‘अतिरिक्त खोप’ दिने अभियान सञ्चालन गर्न लागेको हो। ...

आजबाट लक्षित समूहलाई अतिरिक्त खोप, क–कसले पाउँछन् ?

सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । क-कसले पाउँछन् अतिरिक्त खोप ?–मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति–सक्रिय क्यान्सरका रोगी–अंग प्रत्यारोपण गरेका बिरामी–एचआईभी संक्रमण भएका बिरामीउपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका ब

भोलिदेखि अतिरिक्त खोप, को-कसले पाउँछन् ?

१९ पुस, काठमाडौं । सरकारले मंगलबारदेखि कोभिड–१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेरोसेलको पूर्ण मात्रा लगाएको तीन महिना पुगेका ६० वर्षमाथिका नागरिक र दीर्घरोगीलाई अतिरिक्त खोप दिन लागिएको हो । रोग प्रतिरोधात्मक क्षमता कम भएका दीर्घरोगीलाई अतिरिक्त खोप दिइने उनले बताए । ‘भेरोसेल […]

रोग प्रतिरोधात्मक क्षमता कम र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने

काठमाडौं, पुष १९ । सरकारले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाली ६० वर्षमाथि र रोग प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिलाई एक डोज अतिरिक्त खोप दिने जनाएको हो । भेरोसेल खोपको पूर्ण मात्रा लगाएको […]

दीर्घ रोगीलाई अतिरिक्त खोप

सरकारले दीर्घ रोगीलाई लक्षित गरी कोरोना संक्रमणविरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, एचआईभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका, अंग प्रत्यारोपण गरेको बिरामी र ६० वर्ष उमेर समूहभन्दा माथिकालाई अतिरिक्त मात्रा खोप दिने जनाएको छ ।

बंगलादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बंगलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ। सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

बङ्लादेशमा कोरोनाको अतिरिक्त खोप लगाउन सुरु

काठमाडौँ – बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गरेका हुन् । अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए […]

बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बङ्लादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गरे। अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए । अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले स्पष्ट पारे ।

फ्रान्सले सबै वयस्कहरूलाई कोरोनाविरूद्धको अतिरिक्त खोप दिने

पेरिस । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । कोभिड–१९ विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने र कोभिड सङ्क्रमणको नयाँ लहरको सामना गर्ने फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले बताएका हुन् । अहिलेसम्म कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा ६५ वर्ष नाघेका स्वास्थ्यकर्मी तथा […]