काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार २ जना सरकारी वकिलले बहस गरेका छन्। गत शुक्रबार आरोपीहरुको बयान सकिएपछि आजदेखि थुनछेक बहस भएको हो।काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता महेशप्रसाद खत्री र न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले बहस गरेका छन्। खत्रीको बहस सकिएको छ भने घिमिरेको बहस भोलि पनि हुने कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।बहसका क्रममा न्यायाधीश