काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट बुधबार पनि थुनछेक बहस हुने भएको छ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार सुरु भएको खाँणका कानुन व्यवसायीको बहस नसकिएकाले बुधबार पनि जारी रहने भएको हो। खाँणका कानुन व्यवसायीहरुको बहस लम्बिएपछि न्यायाधीश न्यौपानेले अदालतलाई निरीह बनाइएको गुनासो गरेका थिए। खाँणका कानुन व्यवसायीले खाँणलाई फसाउन राज्य नै लागेको गुनासो गरेपछि न्यायाधीश न्यौपानेले