काठमाडौं : नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाको तर्फबाट संवैधानिक इजालसमा बहस गरिरहकेका अधिवक्ता गोविन्द बन्दीले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीमाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा हाल सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक इजलासमा बहस भइरहेको छ। प्रधानन्यायधीश जबराको नेतृत्वको इजलासको न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी…