विदेशबाट नेपाल आउँदा कति ग्राम सुन ल्याउन पाइन्छ ?

 विदेशबाट आउने नेपालीले एक पटकमा १०० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने भएका छन् । भन्सार विभागले  विदेशबाट ल्याइने १०० ग्रामभन्दा बढी काँचो सुन ल्याएमा जफत हुने बताएको हो ।विभागले काँचो सुन ल्याउँदा ५० ग्रामको भन्सार महसुल ९५० रुपैयाँ लाग्ने बताएको छ । यसपछि बाँकी ५० ग्राममा ०५० महसुल लाग्ने समेत बताएको छ । एक पटकमा विदेशबाट १०० ग्रामभन्दा बढी सुन ल्याएमा तोकिएभन्दा बढी सबै सुन जफत हुनेछ ।गैह्रकानुनीरुपमा कुनै पनि नेपालीले काँचो सुन र चाँदी ल्याउन पाउने छैनन् । यदि कसैले ल्याए

सम्बन्धित सामग्री

दूधको बजार खोजी

नेपाल दूधमा आत्मनिर्भर हुन नसके पनि अहिले यसको माग घट्दा झन्डै ६ अर्ब बराबरको दूध बिक्न नसकेको दुग्ध व्यवसायीको भनाइ छ । नेपाल दूधमा ८० प्रतिशत मात्रै आत्मनिर्भर भएको अवस्थामा किन दूध विक्री भइरहेको छैन त ?  नेपालको कृषि बजार निकै उतारचढावपूर्ण देखिन्छ । कुनै बेला माग निकै कम भएर उत्पादन फाल्नुपर्ने अवस्था आउँछ भने कुनै बेला माग धान्न नसकेर आयात गर्नुपर्ने हुन्छ । दुग्ध पदार्थको माग र आपूर्तिमा पनि यही नियम लागू हुन्छ । माग र आपूर्तिको सन्तुलन मिलाउन सरकार र दुग्ध व्यवसायीको ध्यान नपुगेको देखिन्छ । मागभन्दा आपूर्ति बढेको समयमा धूलो दूध बनाउने गरिएको छ । त्यही धूलो दूध आपूर्ति कम हुँदा प्रयोग गर्ने गरिएको छ । तर, अहिले धूलो दूधको मौज्दात पहिले नै बढी भएकाले समस्या भएको व्यवसायीको भनाइ छ । यो अवस्थाबाट पार पाउन सरकार र व्यवसायीले दूधबाट बन्ने विभिन्न परिकार जो लामो समय टिक्छन्, त्यतातर्फ ध्यान दिनु जरुरी देखिन्छ । बजारको यो विषयमा पर्याप्त जानकारी नहुँदा कहिले गोलभेंडा, कहिले दूध र कहिले हरिया अन्य तरकारी नबिकेर सडकमा फाली विरोध गर्ने गरिएको पनि पाइन्छ ।  अहिले नेपाली दूध बंगलादेश निर्यात गर्न सकिन्छ कि भनेर व्यवसायीहरूले प्रयास गरेको पाइन्छ । दूधको निर्यात गर्न नसकिने होइन । तर, कुनै पनि वस्तु निर्यात गर्न त्यसको गुणस्तर, नियमित आपूर्ति तथा खरीदकर्ताको विश्वासजस्ता पक्ष महत्त्वपूर्ण हुन्छन् । नेपालका दूध उत्पादकहरू त्यसका लागि तयार छन् त ? पक्कै पनि छैनन् किनभने कुनै समयमा मागभन्दा आपूर्ति कम भएर विदेशबाट दूध आयात गर्न दिन लबिङ भइरहेको हुन्छ । अझ, भारतको अमूललाई नेपाल ल्याउन र ल्याउन नदिन राम्रै बहस भएकै हो । यसले नेपालमा दुग्ध उत्पादनमा सही तथ्यांक र विश्लेषण छैन भन्ने देखाउँछ । भारतमा दुग्ध सहकारी अमूलले विश्वबजार लिएको छ ।  नेपालमा पनि दुग्ध सहकारीकै कारण किसानले सहज रूपमा दूध बेच्न सकेका छन् । जहाँ सहकारी छैन वा किसानहरू सहकारीमा आबद्ध छैनन् ती ठाउँमा अहिलेमात्र होइन, अभावकै बेलामा पनि दूध विक्रीमा समस्या भइरहेको पाइन्छ । कुनै पनि वस्तुको माग सधैं उस्तै र उत्तिकै हुँदैन भन्नेमा उत्पादकको ध्यान जानैपर्छ । माग नभए के गर्ने भन्ने विकल्प पनि ऊसँग हुनुपर्छ । यस्तो विकल्प खोजिदिने काम सरकारको हो । सरकारले सजिलो बेला कर लगाउने हो र अप्ठ्यारो परेको बेलामा सहयोग गर्ने हो । तर, नेपालको सरकार कर लगाउन मात्रै जान्दछ । कसरी अप्ठ्यारोमा परेका व्यवसायलाई सहयोग गर्न सकिन्छ भन्नेमा कहिल्यै गम्भीर देखिएको छैन । अहिले दूध विक्री नहुँदा किसानलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा सरकारको ध्यान जानुपर्छ । दीर्घकालीन समाधानका लागि धूलो दूध कारखाना खोल्न प्रेरित गर्नुपर्छ ।  माग र आपूर्तिको सम्बन्ध मूल्यसँग हुनुपर्ने हो तर त्यसो भएको छैन । बढी उत्पादन हुँदा त्यसको मूल्य घट्ने हो भने दूध खेर जाने अवस्था पक्कै आउँदैन । यसो गर्दा किसानलाई मर्का पर्छ भने सरकारले उनीहरूको लागत कम बनाउन केही व्यवस्था गर्नु आवश्यक हुन्छ ।

दशैंमा विदेशबाट घर आउँदै हुनुहुन्छ ? के-के र कति सामान ल्याउन पाइन्छ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा ल्याउन पाउने सामानको बारेमा जानकारी गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार दशैं, तिहार तथा छठमा विदेशबाट नेपाल आउने यात्रुहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानूनले छुट सुविधा दिएको सामान छुटमा ल्याउन पाउने छन् । व्यक्तिगत प्रयोजनमा […]

कोदो खेतीमा प्रोत्साहन

बहुउपयोगी कोदो नेपालमा वर्षौंअघिदेखि उत्पादन हुने खाद्यान्नमा पर्छ । नेपालको हावापानी सुहाउँदो भएकाले कोदाको उत्पादकत्व पनि राम्रो रहेको पाइन्छ । तर यसले जति महत्त्व पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । कोदाको उत्पादन वृद्धि गरी आम्दानी बढाउने हो भने सरकारले कोदाको महत्त्वलाई ग्रामीण स्तरसम्म बुझाउन आवश्यक छ ।  चिनी रोगलगायत बिरामीका लागि उपयुक्त हुने भएकाले चिकित्सकले कोदो सेवन गर्ने सल्लाह पनि दिने गर्छन् । कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन र फाइबर उच्च मात्रामा पाइन्छ । कोदोमा चामल र मकैमा भन्दा बढी क्रमश: ३५ र ८ गुणा बढी क्याल्सियम पाइन्छ । कोदोबाट बनेको पाउरोटीको प्रयोग बढ्दो छ । साथै, स्वास्थ्यप्रति सचेत मानिसले कोदाको उपभोग बढाउँदै लगेको पनि पाइन्छ । पहिलापहिला गरीबले खाने खानाका रूपमा चिनिने कोदाको महत्त्व बुझ्नेहरूले यसको प्रयोग गर्ने क्रम पनि बढेको छ । तैपनि सर्वसाधारण तहमा अझै कोदाको बहुउपयोगबारे धेरै जानकारी भएको पाइँदैन । कोदाको राम्रो उत्पादन हुने क्षेत्र पनि बाँझै राखेको देखिन्छ । सरकारी तथ्यांकअनुसार १० वर्षको अवधिमा कोदो खेती हुने जमीनको क्षेत्रफल साढे १२ हजार हेक्टरले घटेको छ । कोदो प्रजातिको खाद्यान्नको उपयोग बढाउने हो भने एकातिर चामलको आयात कम हुनेछ भने अर्कातिर पोषणको स्थितिमा समेत सुधार आउनेछ । तर, नेपाल सरकारले कोदो र यस्तै प्रकृतिका वालीको प्रवर्द्धन गर्न खासै काम गरेको छैन । भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघले २०२३ लाई कोदो प्रकृतिका बाली वर्ष मनाउन लागेको छ । नेपालले पनि उक्त कार्यक्रममा सहभागिता जनाउने तयारी गरेको छ । तर, यस्ता कार्यक्रममा सहभागी जनाउनुभन्दा पहिला कोदाको उत्पादन वृद्धि गर्न केकस्ता योजना चाहिने हो, त्यसमा स्पष्ट हुन आवश्यक छ । अझै पनि नेपालमा कृषिखेतीबाट राम्रो आम्दानी हुन्छ भनेर विश्वास गर्नेहरू थोरै छन् । भूबनोटको दृष्टिकोणले निकै सम्भावना हुँदाहुँदै पनि बजार, मूल्य तथा सिँचाइ, मलको समस्या किसानले सधैं भोग्नु परिरहेका दृष्टान्त छन् । अन्य कृषि बालीजस्तै कोदाको पनि एकातिर उत्पादन वृद्धि गर्न आवश्यक छ भने अर्कोतर्फ यसको महत्त्व र बजारीकरणको व्यवस्थापन पनि त्यतिकै जरुरी छ । हुन त नेपालमा कोदाको विदेशबाट आयात पनि हुने गरेको छ । आयात हुनुको अर्थ यसको आवश्यकता र महत्त्व भएरै हो । कोदोबाट मदिरा उत्पादन गर्ने सम्भावना निकै छ । तर, नेपालमा कोदोबाट मदिरा बनाउने काम न व्यावसायिक छ न कानूनी नै । अहिले जेजसरी मदिरा तयार भइरहेको छ, त्यो व्यावसायिक छैन । छिमेकी राष्ट्र भारत, गोवामा मदिरा सेवन गर्नकै लागि ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन् । गोवामा प्रशस्त मात्रामा उत्पादन हुने काजुबाट मदिरा बनाउने कार्यले व्यावसायिकता पाएको छ । नेपालमा पनि व्यावसायिक तवरले कोदाको मदिरा उत्पादन गर्न दिने हो भने त्यस्ता उद्योगहरूले नै कोदो उत्पादन वृद्धिका लागि अनेक उपाय ल्याउन सक्छन् । नेपाली कोदाको रक्सीको ब्रान्डिङ गर्न पहल भए पनि त्यसमा सरकार सक्रिय नहुँदा चर्चामा मात्रै सीमित हुन पुगेको छ । यसो गर्न सकेको भए कोदाको रक्सीले अन्तरराष्ट्रिय बजार प्राप्त गर्न सक्ने थियो । यस्तो कार्यले पर्यटक आगमनको संख्या पनि वृद्धि हुन्छ । तर, यसका लागि सरकारको सोचमा परिवर्तन आउन आवश्यक छ । कोदो सुक्खा सहन सक्ने बाली हो । यसको खेती समुद्र सतहबाट ५ सयदेखि २४ सय मीटर उचाइसम्म गर्न सकिन्छ । नेपालको पहाडी क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छैन तर यस्तो ठाउँमा कोदाको खेती गर्न सकिन्छ । अहिले कोदाको पाउरोटीलगायत परिकारको माग पनि बढेको देखिन्छ । तर, धेरैलाई कोदाको परिकार बनाउने शीप छैन । कोदाको परिकार प्रवर्द्धनका लागि विभिन्न मेला तथा तालीम प्रदान गर्नुपर्छ । साथै, यसको उपभोगको फाइदाबारे पनि प्रशस्त प्रचार गरिनुपर्छ । कोदो घुसुवा बालीसमेत हो । अर्थात् कुनै बालीभित्र यसको खेती गर्न सकिन्छ । कोदाको उत्पादन वृद्धि गरी आम्दानी बढाउने हो भने सरकारले कोदाको महत्त्वलाई ग्रामीण स्तरसम्म बुझाउन आवश्यक छ । कोदो प्रकृतिको खाद्यान्नलाई प्रोत्साहन नगर्ने हो भने चामलले मात्रै खाद्यान्नको माग पूरा गर्न सक्दैन ।

हुन्डीको मार

मुलुकमा एकातिर विदेशी विनिमय सञ्चिति घट्दै गएको छ भने अर्कातिर विदेशी मुद्रा भित्रिने सबैभन्दा ठूलो माध्यम विप्रेषण हुन्डीका कारण औपचारिक प्रणालीमा आउन सकेको छैन । आउटसोर्सिङमा काम गर्ने नेपालीले बुझ्ने विप्रेषण पनि अनौपचारिक प्रणालीबाट आउँदा मुलुकले विदेशी मुद्रा गुमाइरहेको छ । त्यसैले, विप्रेषणलाई बैंकिङ च्यानलबाट भित्र्याउन थुप्रै सुधार गर्नुपर्ने देखिन्छ । सरकारले विप्रेषणबापत भित्रिने रकम सहज र सस्तो तरिकाले ल्याउन सक्ने वातावरण बनाउनुपर्छ भने आउटसोर्सिङबाट आउने विदेशी मुद्रालाई पनि केही प्रोत्साहन दिएर सहज तरिकाले भित्र्याउनसक्ने अवस्था बनाइनुपर्छ । हुन्डी कारोबार गैरकानूनी हो । हुन्डी फस्टाउँदा भ्रष्टाचार बढ्नुका साथै अपराधका घटनामा वृद्धि हुन्छ । हुन्डी एक किसिमको आर्थिक अपराध नै हो । तैपनि विदेशमा काम गर्न जाने तथा अध्ययनलगायत काममा जाने नेपालीले हुन्डीबाट रकम पठाउन सहज मानिरहेका छन् । हुन्डीका एजेन्टले घरदैलो सेवा दिने, हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट भन्दा चाँडो हुने, पैसाको स्रोत खुलाउन नपर्ने तथा प्रक्रियागत झन्झट नहुने हुँदा नेपाली यसतर्फ आकर्षित भइरहेका छन् । हुन्डीबाट रकम आइरहेको तथा विदेशमा गइरहेको बारे सरकारी निकाय अनभिज्ञ पनि छैन । तर, यसलाई रोक्न र कारबाही गर्न भने ठोस पहल भइरहेको छैन । हुन्डीबाट रकम पलायन भइरहेको पनि छ । विदेशमा काम गर्नेले नेपाल पठाउने पैसा विदेशमा रहेको कुनै नेपालीलाई दिने र नेपालका आफन्तले कामदारका आफन्तलाई पैसा दिने गरेको पाइन्छ । यसबाट पैसा पलायन भइरहेको छ । अर्को, नेपाली म्यानपावर कम्पनी, गैरआवासीय नेपालीले अवैधानिक रूपमा हुन्डी व्यवसाय सञ्चालन गरेको पनि पाइन्छ । यसरी नेपालीले विदेशमा आर्जन गरेको रकम उतै रोकिने गरेको छ । त्यस्तै आउटसोर्सिङ, परामर्श इत्यादि कामबाट नेपालमै बसेर डलर आम्दानी गर्ने नेपालीले पनि पेपल आदिमा खाता खोलेर पैसा उतै जम्मा गर्न लगाउने र आवश्यक रकम विदेशमा बस्नेको आफन्तसँग लिएर हिसाब मिलाउने गरेका छन् । त्यस्तै विदेशबाट सामान आयात गर्ने व्यवसायीलाई डलर दिने र व्यवसायीबाट नेपालमा नेपाली मुद्रा प्राप्त गरेको देखिन्छ । एलसीबाट भन्दा यसरी सामान ल्याउँदा व्यापारीलाई फाइदा हुने भएकाले यस्तो प्रवृत्ति पनि बढ्दै गएको देखिन्छ । विदेशबाट नेपालमा पैसा पठाउँदा त्यहाँका कम्पनीले महँगो शुल्क लिने, यहाँको रेमिट्यान्स कम्पनीले पनि शुल्क लिने तथा हुन्डीका भन्दा कम दरमा सटही हुने भएकाले पनि नेपालीहरू हुन्डीबाटै विप्रेषण पठाउन सहज ठान्छन् । औपचारिक प्रक्रियाबाट पठाउन विभिन्न झन्झट भएकाले हुन्डीलाई रोजेको पाइन्छ । त्यसैले हुन्डीलाई रोक्ने हो भने औपचारिक माध्यमलाई सहज र सस्तो बनाउनुको विकल्प देखिँदैन । नेपालमा रोजगारीका लागि आउने विदेशीहरूले पनि औपचारिक प्रणालीबाट विप्रेषण कमै पठाएको पाइन्छ । त्यसमा पनि भारतबाट नेपालमा काम गर्न आउनेको संख्या र तिनले लैजाने विप्रेषणको ठोस तथ्यांक नै पाइँदैन । भारतमा काम गर्न जाने नेपालीहरूले ल्याउने विप्रेषण पनि अनौपचारिक माध्यमबाटै आउने हुँदा ठोस तथ्यांक पाउन नसकिएको हो । भारतबाट भित्रिने विप्रेषणभन्दा बढी रकम भारतीय कामदारहरूले नेपालबाट लैजाने गरेको अनुमान छ । औपचारिक माध्यमबाट विप्रेषण कारोबार हुने भए स्पष्ट तथ्यांक आउन सक्थ्यो र नीतिगत निर्णय लिन पनि सहज हुन्थ्यो । वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि तथा रोजगार गन्तव्य मुलुकमा कामदारहरूको तलब बढे पनि मुलुकमा भित्रिने विप्रेषणको रकम घट्दै जानुमा माथिकै कारण रहेको देखिन्छ । मुलुकको विदेशी विनिमय सञ्चिति बढाउन विप्रेषण रकम औपचारिक प्रणालीबाट ल्याउन सहज बनाइनुपर्छ । उनीहरूले चाहे सहजै विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था पनि गर्न सकिन्छ । त्यस्तै विप्रेषण औपचारिक प्रणालीबाट ल्याउँदा लाग्ने बढी शुल्कको भार कामदारहरूलाई नपरोस् भनी विकल्प दिइनुपर्छ । यूरोप अमेरिकामा काम वा अध्ययनकै सिलसिलामा पुगेका नेपालीहरूलाई त्यहाँ कमाएको पैसा औपचारिक प्रणालीबाट नेपाल पठाउन प्रोत्साहित गर्नुपर्ने देखिन्छ । त्यहाँबाटै नेपालमा लगानी गरी उच्च प्रतिफल पाइने सम्भावित क्षेत्र उपलब्ध गराउन सके विप्रेषण रकम बढी भित्रिन सक्छ । यसरी सरकारले विप्रेषणवापत भित्रिने रकम सहज र सस्तो तरिकाले ल्याउन सक्ने वातावरण बनाउनुपर्छ भने आउटसोर्सिङबाट आउने विदेशी मुद्रालाई पनि केही प्रोत्साहन दिएर सहज तरिकाले भित्र्याउनसक्ने अवस्था बनाइनुपर्छ । यसो गर्न सके हुन्डीको कारोबार घट्दै जान सक्छ ।

संकट सम्बोधनमा मौद्रिक नीति

चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि व्यावसायिक क्षेत्रबाट विभिन्न अपेक्षासहित सुझाव दिने क्रम जारी छ । निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले अहिले अर्थतन्त्रमा देखिएका समस्याको निकास निस्कोस् भनी दिइएका सुझावहरू मुख्यतया कर्जायोग्य रकमको अभावका कारण ब्याजदर वृद्धिले भोग्नु परेको समस्या र घट्दो विदेशी विनिमय सञ्चितिका कारण राष्ट्र बैंकले विभिन्न क्षेत्रमा गरेको कडाइसँग सम्बद्ध छन् । अर्थतन्त्र संकटाभिमुख देखिइरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा मुख्यतया कर्जायोग्य रकमको कमी र विदेशी विनिमय सञ्चितिसँग सम्बद्ध कुरा प्राथमिकतामा पर्नुपर्ने देखिन्छ । मुलुकमा अहिले कर्जायोग्य रकमको कमी देखिएको छ, जसले अर्थतन्त्रको विस्तारमा अवरोध पुर्‍याउन सक्छ । कर्जाको माग बढ्नुको अर्थ अर्थतन्त्र विस्तार हुँदै छ भन्ने कुराको संकेत हो । बैंकहरूमा देखिएको यो समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले विभिन्न नीतिगत सहजीकरण नगरेको पनि होइन । तर, ती पर्याप्त भएनन् अथवा व्यावहारिक भएनन् भन्ने देखिन्छ । त्यसैले अर्धवार्षिक समीक्षामा यस्ता नीतिको पुनरवलोकन जरुरी देखिएको छ । निजीक्षेत्रका संघसंस्थाका सुझावलाई समेट्नेतर्फ केन्द्रीय बैंक सकारात्मक हुनुपर्छ । खासगरी कोरोनाबाट प्रभावितहरूलाई दिएका विभिन्न छूटलाई निरन्तरता दिने पक्षमा राष्ट्र बैंक तयार भएको देखिँदैन । तर, थलिएका व्यवसाय माथि उठ्न अझै केही समय त्यस्तो सुविधालाई निरन्तरता दिनु जरुरी छ । मुलुकभित्रै ठूलो रकम छ, जुन अनौपचारिक क्षेत्रमा छ । यस्तो रकम घरजग्गा व्यवसायमा लगानी भइरहेको अनुमान छ । घरजग्गाको मूल्य अकाशिएको र मानिसहरूले यसमा लगानी धेरै गरिरहेको अवस्था छ । तर, यसको कारोबार बैंकिङ प्रणालीमार्फत भइरहेको छैन । तरलताको समस्या सम्बोधनका लागि विदेशबाट ऋण ल्याउन बैंकहरूलाई राष्ट्र बैंकले बाटो खोलिदिए पनि एकाध बैंकले बाहेक अन्यले यस्तो ऋण ल्याउन सकेका छैनन् । के कारणले यस्तो भएको हो त्यसलाई सम्बोधन गरिदिनु उपयुक्त हुन्छ । बैंकहरूमा लगानीयोग्य रकमको अभाव कम गर्न केही काम गर्नैपर्ने हुन्छ । तर, त्यो काम उसको नियन्त्रणबाहिर छ । सरकारले पूँजीगत खर्च गर्न नसक्दा राजस्वजति सरकारी ढुकुटीमा थन्किएर बस्ने गरेको छ । यस्तो खर्च बढाउन राष्ट्र बैंकले केही पनि गर्न सक्दैन । त्यस्तै विकास साझेदारहरूसँग लिइएको विभिन्न सहयोग र कर्जाको शोधभर्ना हुन सकेको छैन किनभने सरकारले यसका लागि न काम गर्न सकेको  छ न सम्झौताअनुसार शर्त नै पूरा गरेको छ । राष्ट्र बैंकको अर्को टाउको दुखाइको विषय भनेको घट्दो विनिमय सञ्चिति हो । सञ्चिति घट्न नदिन उसले विभिन्न क्षेत्रमा कडाइ गरेको छ । खासगरी विलासिताका वस्तु आयात निरुत्साहित गर्न एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले भेदभाव भएको केही व्यवसायीको गुनासो रहेको छ भने केहीले यस्तो व्यवस्थाले अर्थतन्त्रको विकासका लागि आवश्यक वस्तुको आयात कठिन भएको भन्दै विरोध गरेका छन् । सरकारले कच्चा वस्तुका रूपमा प्रयोग हुने कतिपय वस्तुलाई विलासिताको भनेर आयातमा कडाइ गरेको छ । विनिमय सञ्चिति कम हुनुमा राष्ट्र बैंककै नीति कारण रहेको समेत पाइन्छ । उसले रेमिट्यान्स (विप्रेषण) कम्पनीहरूलाई विप्रेषण भित्रिनुपूर्व नै वैदेशिक रोजगारीमा गएका आफन्तलाई रू. १ लाखसम्म रकम भुक्तानी दिन सक्ने व्यवस्था गरेको छ । यस्तो भुक्तानी दिए पनि त्यस्ता कम्पनीले विप्रेषण भने लामो समयसम्म नल्याई बाहिरै राखेको समेत पाइएको छ । यस्ता छिद्रहरू अन्य पनि छन् । समीक्षमा यस्ता मसिना कुराहरूमा समेत ध्यान जानु जरुरी छ । मुलुकभित्रै ठूलो रकम छ जुन अनौपचारिक क्षेत्रमा छ । यस्तो रकम घरजग्गा व्यवसायमा लगानी भइरहेको अनुमान छ । घरजग्गाको मूल्य अकाशिएको र मानिसहरूले यसमा लगानी धेरै गरिरहेको अवस्था छ । तर, यसको कारोबार बैंकिङ प्रणालीमार्फत भइरहेको छैन । यसलाई बैंकिङ प्रणालीमा ल्याउन सके कर्जायोग्य रकम ठूलै परिमाणमा आउन सक्छ । अहिले घरजग्ग्गामा देखिएको ‘बबल’ ले कतै अर्थतन्त्र नै समस्यामा पर्ने हो कि भन्ने देखिएको छ । बैंकहरूले तोकिएको सीमाभन्दा बढी कर्जा यस क्षेत्रमा प्रवाह गरेका छन् । राष्ट्र बैंकले प्राथमिकता तोकेका क्षेत्रमा कर्जा प्रवाह सुस्ता भइरहँदा घरजग्गामा ठूलो परिमाणमा कर्जा प्रवाह हुनु र घरजग्गाको कारोबारले अनौपचारिक अर्थतन्त्रलाई नै गति दिनुले समस्या चाँडै नै विकराल नहोला भन्न सकिँदैन । अत: यी पक्षमा मौद्रिक समीक्षाले सम्बोधन गर्नैपर्ने देखिन्छ ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

गत सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ केजी सुन बरामद भयो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

गत सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ केजी सुन बरामद भयो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ ।

विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? कुन सामान कति ल्याउन पाइन्छ?

काठमाडौं : विदेशबाट फर्किदा ल्याउन पाइने सामाग्रीबारे भन्सार विभागले परिपत्र जारी गरेको छ। विदेशबाट फर्किदा के सामाग्री ल्याउन पाइने, कति र के नपाइने भन्ने विषयमा विभागले फेरि स्पष्ट पारेको हो। विदेशबाट फर्किदा यात्रुहरुले आफ्नोसहित अरुका सामाग्री पनि बोकेर आउने गरेका छन्। यी सामाग्रीहरुमा सुन, मोबाइल, ल्यापटप, मदिराजन्य सामाग्री ल्याउने गरेका…