काठमाण्डौ – काठमाण्डौ उपत्यकाबाट यस वर्ष गएको वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज आइतवार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैँ मनाउन आ–आफ्नो घर गएका हुन् ।
विगत दुई वर्ष कोभिडका कारण दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाहिर जानेको सङ्ख्या कम हुने गरेकोमा यो वर्ष उल्लेख्यरूपमा बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लामा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक गाडी नै प्रयोग गरिरहेका राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । अहिलेसम्म १७ लाखको हाराहारीम...