काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगालले विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुरसहित पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।बुधबार अख्तियारले प्रअ ठाकुरले करार अवधि थप गर्न सेवाग्राहीसँग तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्र कुमार झा पनि पक्राउ परेका छन्।यमुनामाई गाउँपालिका-४ सरुअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट पक्राउ परेका ठाकुर र झामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसा