काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेशकुमार ठाकुर र एक पसल सञ्चालकलाई तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
करार अवधि थप गर्न सेवाग्राहीसँग तीन लाख घुस लिएको अवस्थामा प्रधानध्यापक ठाकुर र दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई पक्राउ गरिएको आयोगले जनाएको...