विश्व बैंकले गत जुनमा ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२१ मा विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ५.६ प्रतिशत हुने प्रक्षेपण गर्यो । कोभिड महामारीका कारण सुस्ताएको अर्थतन्त्र स्वाभाविक लयमा फर्किंदा उच्च वृद्धिदर हासिल गर्न सम्भव हुने उसको अनुमान थियो । तर महामारी नियन्त्रण उन्मुख हुने र अर्थतन्त्र पुनरुत्थानका लागि विश्वव्यापी पहल थालिने अनुमान गरिएका बेला कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलन सुरु भएको छ ।